शैक्षिकसत्र २0७५ (Academic Year B.S. 2075)

शैक्षिकसत्र २०७५ को छात्रवृत्ति पाल्पा जिल्लाबाट कक्षा ११ मा अध्यन गर्नको लागि ७ जना, कक्षा १२ मा अध्यन गर्नको लागि ५ जना र ललितपुर जिल्लाबाट कक्षा ११ मा अध्यन गर्नको लागि १ जना, जम्मा १३ जना  छात्र छात्राहरुलाई “मगर बिधार्थी उत्थान समाजले” छात्रवृत्ति प्रदान गरेको छ | सबै जना मगर समुदायका आर्थिक रुपले बिपन्न र जेहेन्दार बिधार्थीहरु हुन् |

 

रिचा उचै मगर खसौली, ३, रिब्दिकोट गा. पा. पाल्पा

रिचा उचै मगर, खसौली, ३, रिब्दिकोट गा. पा. पाल्पा

रिचा उचै मगरले २०७४  सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा  परिक्षामा जी. पी. ए.  ३.२% अर्थात्  ८० % अंक लिएर श्री सरास्वती माध्यमिक बिधालय, खसौली, ३, रिब्दिकोट गा. पा. पाल्पाबाट उतिर्ण  भएकी हुन्  |

रिचा एउटी जेहेन्दार बिधार्थी हुन् भनेर उनको  SEE को नतिजाले नै भनि सकेको छ |बिज्ञान र अरु प्राबिधिक बिषय लिएर पढ्ने चाहना हुदाहुदै पनि आर्थिक अवस्था कम्जोर भएकै करणले अरु साधारण बिषय लियर पढेको उनि बताउछिन  | बाबा आमा साधारण ज्याला मजदुरी गरेर जीवन यापन गर्दै आएको र  गरिबीको कारणले नै  उनीलाई सानै उमेर देखि नै  आफ्नी सानी मा (मुसी) ले  पालन पोशण र स्कूलमा पढाउदै आयको उनकी    अभिभावक  सानी माले (मुसी)  बताउछिन | उनको पारिवारिक समस्यालाई मध्यनजर गर्दै  र यदि उनले भविष्यमा राम्रो नतिजा ल्याउन सकिन भने स्नातक तह सम्म छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्दता जाहेर गर्दै “मगर बिधार्थी उत्थान समाजले” उनीलाई छात्रवृत्ति प्रदान गरेको छ |

अहिले रिचाले स्नातक तह दोश्रो बर्षामा BBS  बिषय लिएर तान्सेन , पाल्पा मा  अध्यानरत छिन |

 

बिष्णु माया पुन मन्दिर डाँडा,पूर्व खोला, गा. पा. पाल्पा

बिष्णु माया पुन
मन्दिर डाँडा,पूर्व खोला, गा. पा. पाल्पा

बिष्णु माया पुन मगरले  २०७४  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. ३.२०% अर्थात्  ८० % अंक लिएर उतिर्ण भएकी हुन्  |

बिष्णु एउटी अब्बल बिधार्थी हुन् भनेर उनको  SEE को नतिजाले नै भनि सकेको छ |प्राबिधिक  बिषय लिएर पढ्ने चाहना हुदाहुदै पनि आर्थिक अवस्था कम्जोरको करणले अरु साधारण बिषय लियर पढेको उनि बताउछिन  | बाबा आमा साधारण किसान हुन्  र अहिले बाबा भने खाडी क्षेत्रमा नोकरी गर्दै छन् |

बिष्णुको S.E.E.  नतिजा हेर्दा साहेद भविष्यमा केहि गर्न सक्छिन होला भन्ने अपेक्क्षा राख्दै “मगर बिधार्थी उत्थान समाजले उनलाई  कक्षा १२ सम्म अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरेको छ |

अहिले  बिष्णु माया पुन मगरले स्नातक तह दोश्रो बर्षामा Major Major English लियर  तानसेन, पाल्पामा  अध्यनरत छिन |

 

बसन्ती थापा मगरले बौघा, गुम्हा, १३, ता. न. पा. पाल्पा

बसन्ती थापा मगरले
बौघा, गुम्हा, १३, ता. न. पा. पाल्पा

बसन्ती थापा  मगरले  २०७४  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. २. ४३% अर्थात्  ६०.७५% अंक लिएर “श्री सर्वोदय  माध्यमिक बिधालय, बौघा,गुम्हा १३,  ता. न. पा. पाल्पा  जिल्लाबाट उतिर्ण भएकी हुन्  |

बसन्ती  एउटी  बिपन्न परिवारको जेहेन्दार बिधार्थी हुन् | उनका बाबा आमाले ज्याला मजदुरी गरेर  परिवारको दैनिकी चलायको  बताउछन् | उनका बाबा पेशाले घर बनाउने कामको सहयोगी भन्छन |

उनको पारिवारिक समस्यालाई मध्यनजर गरेर “मगर बिधार्थी उत्थान समाजले” बसन्ती थापालाई कक्षा १२ मा अध्यान  गर्नको लागि छात्रवृत्ति  प्रदान गरेको छ |

अहिले बसन्ती थापा  मगरले   स्नातक तह दोश्रो बर्षामा BBS  बिषय लिएर तान्सेन , पाल्पा मा  अध्यानरत छिन |

 

 टिकासरा गाहा मगर घोरबन्दा, बोसनकाली १, पाल्पा

टिकासरा गाहा मगर
घोरबन्दा, बोसनकाली १, पाल्पा

 

टिकासरा  गाहा  मगरले  २०७४  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. २.३५% अर्थात्  ५८.७५% अंक लिएर “श्री भवानी माध्यमिक बिधालय, कुशुम खोला ५,  रिब्दिकोट गा. पा. पाल्पा  जिल्लाबाट उतिर्ण भएकी हुन्  |

टिकासरा  एउटी  बिपन्न परिवारको जेहेन्दार बिधार्थी हुन् | उनकी आमा २ बर्षकै उमेरमै बितेको र उनका बाबा ज्याला मजदुरी गरेर दैनिकी चलायको  बताउछिन | आफ्नो घरको आर्थिक अवस्था कम्जोर र  सानी छदा घरमा आफुलाई हेरचाह गर्ने कोहि नभयको हुदा २ बर्षकै उमेर देखि नै  मावली हजुर आमाले मावली घरमै लियर पलान पोशण गर्दै आय को र अहिले सम्म पढाई खर्च पनि हजुर आमाले नै हेर्दै आउनु भय को उनि बताउछिन | यी सबै कुरालाई मनन गर्दै “मगर बिधार्थी उत्थान समाजले टिकासरालाई कक्षा १२ सम्म अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरेको छ | अहिले उनि श्री भवानी मा. बि. कुशुम खोला ,पाल्पामा ,कक्षा १२ मा अध्यानरत  छिन|   

(तिकिसरा गाहा मगरले कक्षा ११ र १२ म राम्रो नतिजा नलिएकाले MBUS ले उनिलाई निरन्तरता दिनसकेन)

 

देविकला बुचा मगर नैटोला, घोरलीखर्क, पाल्पा

देविकला बुचा मगर
नैटोला, घोरलीखर्क, पाल्पा

देविकला बुचा  मगरले  २०७४  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा  परिक्षामा जी. पी. ए. १.९०% अर्थात्  ४७.५% अंक लिएर “श्री भवानी माध्यमिक बिधालय, कुशुम खोला ५, रिब्दिकोट गा. पा. पाल्पा  जिल्लाबाट उतिर्ण भएकी हुन्  | देविकला पनि  एउटी  बिपन्न परिवारको  बिधार्थी हुन् | उनि भन्छिन “बिदम्वानाको कुरा  बाबा २ बर्ष अघि बिदेशमा नोकरी गर्न जाने बेलामा आफ्नो  माइतीलाई भेटेर फर्किने करममा भिरबाट  लडेर बितेको र आमाले ज्याला मजदुरी गरेर दैनिकी चलाउदै आएको  बताउछिन | बाबा नहुनुको करण आफ्नो घरको आर्थिक अवस्था सार्है नै कम्जोर भएको हुनाले दैनिकी चलाउन साथै देविकला र उनकी दिदीको पढाई खर्च जुताउन हम्मे हम्मे परेको उनकी आमाले बताउछिन | यी सबै कुरालाई मनन गर्दै “मगर बिधार्थी उत्थान समाजले देविकलालाई कक्षा १२ सम्म अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरेको छ | अहिले उनि श्री भवानी मा. बि. कुशुम खोला, पाल्पामा कक्षा १२ मा अध्यानरत  छिन |  

(देविकला बुचा मगरले कक्षा ११ र १२ म राम्रो नतिजा नलिएकाले MBUS ले उनिलाई निरन्तरता दिनसकेन)

 

 

लीसरा सारु मगर धोबिघाट, जावलाखेल, ललितपुर

लीसरा सारु मगर
धोबिघाट, जावलाखेल, ललितपुर

लीसरा सारु मगरले २०७५  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. ३.५ % अर्थात्  ८७.५ % अंक लिएर “नेपाल दान बसको माध्यमिक बिधालय” सिद्दिपुर, ललितपुर  जिल्लाबाट उतिर्ण भएकि छिन |

उनको पारिवारिक पृष्ठभूमि दर्दानाक नै छ | उनका बाबा नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्य तथा मगर भाषाका प्रशिक्षक हुनुहुन्छा | २०६१ सालमा बस दुर्घटनामा परेर अहिले  कम्मर देखि तल  नचल्ने अपांग अवस्थामा हुनुहुन्छ | आमा एउटा अस्पतालमा सामान्य सरसफाई गर्ने कामको सहयोगीको रुपमा काम गरेर घरको दैनिकी चलाउदै आयको उनका बाबाले बताउनु हुन्छ |

लीसराको  शैक्षिक क्षेमताको  कदर र पारिवारिक पृष्ठभूमिलाई मनन गर्दै “मगर बिधार्थी उत्थान समाजले” उनलाई छात्रवृत्ति प्रदान गरेको छ | लीसराले S.E.E. सम्म अध्यान गर्नको लागि पनि स्कुलबाट  छात्रवृत्ति  पाएकी थिइन् |

अहिले लिसराले पाटन संयुक्त क्यम्पसमा, ललितपुरमा  Bachelor of Business Administration” (BBA)  बिषय लियर स्नातक तह पहिलो बर्षमा अध्यानरत  छिन |

 

 बिष्णु सारु मगर चरचरे,५, तिनाउँ गा. पा. पाल्पा

बिष्णु सारु मगर
चरचरे,५, तिनाउँ गा. पा. पाल्पा

 

बिष्णु सारु मगरले  २०७५  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. ३.१०% अर्थात्  ७७.५% अंक लिएर “श्री जनदीप  माध्यमिक बिधालय  मस्याम, ७, तिनाउँ, गा. पा. पाल्पा , जिल्लाबाट उतिर्ण भएका हुन् | बिष्णु एउटा बिपन्न परिवारको जेहेन्दार बिधार्थी हुन् | उनका बाबा आमाले अस्थाई स्थान मा खाजा नास्ताको पसल चलायर  ७ जना छोरा छोरीहरुको स्कूल खर्च र परिवारको दैनिकी चलायक छन् | गतसाल बिष्णुका जेठ दाजुले  S.E.E. मा C+  लियर उत्रिर्ण भयका थिय तर आर्थिक अवस्था कम्जोर भयको कारणले  उच्च शिक्षा हासिल गर्नबाट बन्चित भयर बस्नु परेको उनि  भनछन | त्यसैले बिष्णु पनि उच्च शिक्षा हासिल गर्नको लागि त्यसरी नै आर्थिक अभावले बन्चित भयर बस्नु नपरोस र यदि अवसर पाएभने पक्कै पनि भविष्यमा केहि गर्न सक्छन भन्ने अपेक्क्षा लियर “मगर बिधार्थी उत्थान समाजले”  बिष्णुलाई उच्च सिक्षा हासिल गर्नको लागि छात्रवृत्ति  प्रदान गरेको छ | अहिले उनि  Major Science  लियर कक्षा १२ मा श्री जनता मा. बि.  तानसेन, पाल्पामा  अध्यानरत  छन्  |

 

गंगा राना मगर डुम्रे ६, तिनाउँ गा. पा. पाल्पा

गंगा राना मगर
डुम्रे ६, तिनाउँ गा. पा. पाल्पा

गंगा राना मगरले  २०७५  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. २.९% अर्थात्  ७२.५% अंक लिएर “श्री जनदीप  माध्यमिक बिधालय मस्याम ,७ बगैंचावारि, तिनाउँ गा. पा. पाल्पा  जिल्लाबाट उतिर्ण भएकि छिन | उनको पारिवारिक पृष्ठभूमि हेर्दा दर्दानाक नै छ|  सानै उमेरमा गंगा रानाले बुवा गुमाएकी हुन् । आमा साधारण कृषक मात्र हुन्| गंगाले घाँस दाउरा गर्दे बुढी आमा र घरको चुलो समालेरै बिधालय गएकी उनी अहिले राम्रो नतिजा  लियर  S.E.E. पास भएकी छिन् । गंगाका छिमेकी र बिधालय परिवार हर्षित रहेपनि गंगाकी आमा भने दुखित थिईन |  कारण छोरीलाई कसरि पढाउने भन्ने चिन्ताले ।  कमाउने बाबाले बेलैमा छोडेर गए, अव छोरीलाई कसरी पढाउने भन्ने मात्रै सोच्छु,  छोरी गंगाले पाएको छात्रबृति बुझ्न सदरमुकाम तानसेन आउनुभएकी गंगाकी आमाले उज्यालो अनुहारमा आफ्नै शब्दमा यस्तो भन्नुभयो ,”फेल नभएर पढे १५ किलास सम्म पढाइदिने भन्नुभएको छ” अहिले त खुशि भएकी छु छोरीले छात्रबृदी पाएको खबर सुनेपछी । आसा छ गंगाले बितेका दिनहरुलाई स्मरण गर्दै मेहेनत गरिन भने भविष्यमा पक्कै पनि राम्रै नतिजा ल्याउन सफल हुनेछिन भन्ने अपेक्क्षा गर्दै “मगर बिधार्थी उत्थान समाजले ” उनलाई छात्रवृत्ति प्रदान  गरेको छ | अहिले गंगा रानाले कक्षा १२ मा पाल्पा बहुँमुखी क्याम्पस, काजिपौवा, पाल्पा मा अध्यानरत छिन |

 

सुनिता सारु मगर वाङ्ग्सुङ्,रिब्दीकोट गा.पा., पाल्पा

सुनिता सारु मगर
वाङ्ग्सुङ्,रिब्दीकोट गा.पा., पाल्पा

सुनिता सारु  मगरले  २०७५  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. २.६५ % अर्थात्  ६६.२५% अंक लिएर “श्री  नारायण  माध्यमिक बिधालय”ठीमुरे ६ ,धुस्तुंग   रिब्दीकोट  गा.पा. पाल्पा  जिल्लाबाट उतिर्ण भएकी छिन | उनको व्यक्तिगत पृष्ठभूमि हेर्दा उनका बाबा पनि सानै उमेरमा स्वर्गारोहण भैसकेको आमाले खेति किसानी ज्याला मजदुरी गरेर १ छोरा २  छोरीहरुलाई पालन पोषण र सिक्षा दिक्षा दिदै आएको  बताउछिन | मधुसरा र सुनिता सारु दुई बहिनि हुन् | यिनीहरुको बास्तबिक जीवन स्तरलाई मध्यनजर गर्दै “मगर बिधार्थी उत्थान समाजले” दुबै दिदि र बहिनिहरुलाई  छात्राबृदि  प्रदान  गरेको छ | हालमा सुनिता सारुले  कक्षा १२ मा श्री नारयनण मा. बि. रिब्दीकोट गा. पा. ६ , ठिमुरे, धुस्तुङ्ग,  पाल्पामा अध्यानरत छिन |

 

टेक बहादुर गाहा मगर सत्यवती ४, तिनाउँ गा. पा. पाल्पा

टेक बहादुर गाहा मगर
सत्यवती ४, तिनाउँ गा. पा. पाल्पा

टेक बहादुर गाहा  मगरले  २०७५  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए.२.३५०% अर्थात्  ५८.७५ % अंक लिएर “श्री  शारदा  माध्यमिक बिधालय” मदनपोखरा  ४   तिनाउँ गा. पा. पाल्पा  जिल्लाबाट उतिर्ण भएकि छन् | टेक बहादुर गाहा एउटा बिपन्न परिवारको  बिधार्थी हुन् | साथै भूकम्प पिडित पनि हुन् | उनका बाबा आमा सामान्य किसान हुन् खेति किसानी बाट नै ७ जना छोरा  को आर्थिक अबस्थाले गर्दा पढाई रोकेर भारत तिर नोकरी गर्न गएको अनुभव पनि बताउछन | तर शिक्षाको कमिको करणले गर्दा विभिन्न बाधा अर्चना हरु आइपरेकोले फेरी फर्केर पढाई मै  निरन्त्रता दिएको बताउछन | उनको त्यो शिक्षाको कमिको तितो अनुभवलाई मध्यनजर गर्दै “मगर बिधार्थी उत्थान समाजले” उनलाई छात्रवृति प्रदान गरेको छ | हालमा टेक बहादुरले कक्षा १२ मा श्री शारदा माध्यमिक बिधालय, ता. न. पा. ८, मदन पोखरा, पाल्पामा अध्यान गर्दै छन् |

गीता बगाले मगर बुढिचौर ,रिब्दीकोट गा.पा., पाल्पा

गीता बगाले मगर
बुढिचौर, रिब्दीकोट गा.पा., पाल्पा

गीता बगाले मगरले  २०७५  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. २.३५ % अर्थात्  ५८.७५% अंक लिएर “श्री  नारायण माध्यमिक बिधालय”ठीमुरे ६ ,धुस्तुंग  रिप्दिकोट गा.पा. पाल्पा  जिल्लाबाट उतिर्ण भएकि छिन्  | उनको व्यक्तिगत पृष्ठभूमि हेर्दा गीताले पनि सानै उमेरमा बाबा गुमायकि छिन | बिदुवा आमाले खेति किसानी ज्याला मजदुरी गरेर जनतन  पालन पोषण र कक्षा १० सम्म पढाए अब त  मेरो कुनै हैसियत नभयको बताउछिन | गीता बगालेको शैक्षिक नतिजा त्यत्ति उच्च स्तरको  नदेखियतापनि पारिवारिक पृष्ठभूमिलाई मध्येनजर राख्दै  गीता बगाले मगरलाई कक्षा ११ र १२ सम्म पढनको लागि “मगर बिधार्थी उत्थान समाजले”  छात्रवृत्ति प्रदान गरेको छ | हालमा उनि कक्षा १२ मा श्री नारयनण  मा. बि. रिब्दीकोट गा. पा. ६ , ठिमुरे धुस्तुङ्ग  पाल्पामा अध्यान गर्दैछिन |

(गीता बगाले मगरले कक्षा ११ र १२ म राम्रो नतिजा नलिएकाले MBUS ले उनिलाई निरन्तरता दिनसकेन)

 

हरिकला चिडी गाहा मगर डुम्रे ६, तिनाउँ गा. पा. पाल्पा

हरिकला चिडी गाहा मगर
डुम्रे ६, तिनाउँ गा. पा. पाल्पा

हरिकला चिडी गाहा मगरले  २०७५  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. २.२५% अर्थात्  ५६.२५% अंक लिएर “श्री जनदीप  माध्यमिक बिधालय”मस्याम ७, बगैंचावारि, तिनाउँ गा. पा. पाल्पा  जिल्लाबाट उतिर्ण भएकि छिन | उनि अतिनै बिपन्न परिवारकी छात्रा हुन् | हरिकला अतिनै भाबुक हुदै भन्छिन  “बैदेशिक रोजगारको शिलसिलामा बाबा कतार (Qatar ) जानु भयको थियो तर बिदम्वानाको करा पुगेको केहि समयमै मानसिक सन्तुलन गुमाएर  घर पर्किनु भयो हाम्रो गरिबीको पिडा माथि झन् अर्को ठुलो पिडा थपियो | ममीले हाम्रो घरको दैनिकी साथै  दाजु र मेरो स्कुलको खर्च चलाउनको लागि अरुको घरमा घाँस काट्ने मजदुरी गर्नुहुन्छ” | हरिकलाको S.E.E. को नतिजा पनि त्यत्ति उच्च स्तरको नभयतापनि उनको पारिवारिक दर्दानाक अवस्था हेरेर उनलाई कक्षा ११ र १२ सम्म अध्यान गर्नको लागि “मगर बिधार्थी उत्थान समाजले” छात्रवृत्ति प्रदान गरेको छ | अहिले हरिकला चिदिले  कक्षा १२ मा पाल्पा बंहुमुखी क्याम्पस, कजिपौवा , पाल्पा मा अध्यान गर्दैछिन |

 

मधुसरा सरु मगर वाङ्ग्सुङ्,रिब्दीकोट गा.पा., पाल्पा

मधुसरा सरु मगर
वाङ्ग्सुङ्,रिब्दीकोट गा.पा., पाल्पा

मधुसरा सारु  मगरले  २०७५  सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. २.१० % अर्थात्  ५२.५% अंक लिएर  उतिर्ण भएकि छिन्  | उनको व्यक्तिगत पृष्ठभूमि हेर्दा उनका बाबा पनि सानै उमेरमा स्वर्गारोहण भैसकेको आमाले खेति किसानी ज्याला मजदुरी गरेर १ छोरा २  छोरीहरुलाई पालन पोषण र सिक्षा दिक्षा दिदै आयको बताउछिन | मधुसरा र सुनिता सारु सकेट  दुई बहिनि हुन् |मधुसराको S.E.E.को  नतिजा त्यति  उच्च स्तर को नभयतापनि यिनीहरुको बास्तबिक जीवन स्तरलाई मध्यनजर गर्दै दुबै दिदि बहिनिहरुलाई  कक्षा ११ र १२ सम्म अध्यन गर्नकोलागि  “मगर बिधार्थी उत्थान समाजले” छात्रावृत्ति प्रदान गरेको छ | हालमा उनि कक्षा १२ मा श्री नारयनण मा. बि. रिब्दीकोट गा. पा. ६ , ठिमुरे धुस्तुङ्ग  पाल्पामा अध्यान गर्दैछिन

(मधुसरा सरु मगरले कक्षा ११ र १२ म राम्रो नतिजा नलिएकाले MBUS ले उनिलाई निरन्तरता दिनसकेन)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *