शैक्षिकसत्र २0७४ (Academic Year B.S. 2074)

मगर बिधार्थी उत्थान समाजले  शैक्षिकसत्र  २0७४ को  छात्रवृत्ति तनहुँ जिल्लाको  मगर समुदायका  आर्थिक रुपले बिपन्न जेहेन्दार मगर  बिधार्थीहरुलाई  प्रदान गरेको थियो  | 

     

Nabin Ale Magar

Nabin Ale Magar  at his Residence, Ghiring Gau Palika, W/N 5, Bharlangdi, Tanahun District      

 

           नबिन आले मगर २०७३ सालको  S.E.E. (Secondary Education Exam) माध्यमिक  शिक्षा  परिक्षामा जी. पी. ए. २.९% अर्थात्  ७२.५% अंक लिएर “सरस्वति सामुदायिक माध्यमिक बिधालय” साभूंग, ध्यनूङ्, तनहुँ जिल्लाबाट उतिर्ण भएका थिए |

           उनि आर्थिक रुपले बिपन्न परिवारका एउटा जेहेन्दार बिधार्थी हुन् | उनका अभिभावक पेशाले एउटा सामान्य कृषक हुन् | घरको आर्थिक अवस्था कमजोरीको बावजुद पनि उनले साहस र हिम्मत लिएर  बिहानमा क्याम्पसमा अधयन गर्ने र दिनमा काम गर्दै अहिले “मकवानपुर बहुमुखी क्यामपस” हेटौडा स्नातक तहको पहिलो बर्षको परिक्षा उतिर्ण भएका छन् |

 नबिन आले मगरको व्यक्तिगत र पारिवारिक पृष्ठभूमिलाई मध्यनजर गरेर साथै उनको लगनशीलता, साहस र हिम्मतको कदर गर्दै “मगर बिधार्थी उत्थान समाजले” कक्षा १२  देखि अहिले सम्म छात्रवृत्ति प्रदान गर्दै आईरहेकोछ |       बिद्यार्थी छनोटको क्रममा संस्थाका अध्यक्ष र कोषाध्यक्ष्य स्वयम् नबिन आलेको घरदैलो सम्म पुगेका थिए | 

अहिले नबिन आलेले Management बिषय लिएर मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक तहको तेश्रो बर्षमा अध्यनरत छन |

“फोटोहरु आफै बोलिरहेका छन”

 

Nabin Ale with his family aand "Magar Bidhyarthi Utthan Samaj"s Chairperson and Treasurer.

Nabin Ale Magar with his family and “Magar Bidhyarthi Utthan Samaj”s Chairperson and Treasurer.

 

Nabin Ale Magar with his Family

                                                                                 Nabin Ale Magar with his Family at his residence

 

Syami Maya Ale, Nabin's Younger sister

                            Syani Maya Ale Magar

              स्यानी  माया आले मगर नबिन आले मगरकि कान्छी बहिनि हुन् | उनीले पनि यस वर्ष २०७४ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा “श्री कामधेनु सामुदायिक माध्यमिक बिधालयबाट” जी.पी.ए.२.६५ % अर्थात् ६६.२५ % अंक लिएर उतिर्ण भएकी छिन |

             उनको परिवार आर्थिक रुपले बिपन्न र उनि जेहेन्दार बिधार्थी भएकोले उनलाई पनि “मगर बिधार्थी उत्थान समाजले” छात्रवृत्ति प्रदान गर्ने सोच गरेको थियो तर एकै परिवारबाट दुवै दाजु बहिनिलाई छात्रवृत्ति प्रदान गर्न अनकुल नभएकोले आर्थिक समस्याका कारणले गर्दा उनीलाई  दिर्घकालिन अधयन गर्नबाट बन्चित हुन नदिनको लागि निम्न ब्यक्तिहरुले स्यामी माया आले मगरलाई कक्षा ११ र १२ को अधयनका लागि छात्रवृत्ति प्रदान गर्नु भएको  थियो |

१.   क्याप्टेन   कुल प्रसाद  पुन        बागलुङ,         हाल     ललितपुर मा. न. पा. वा. न. ५

२.                  मनिराज    पुन        बागलुङ,           ”         ललितपुर मा. न. पा. वा. न.१४

३                   गंगा  बहादुर  थापा    स्यांजा             ”        फ़ेल्टहाम  यू. के.

४                  फूल बहादुर आले        तनहुँ               ”        पलमस्टेट  यू.के.

स्यानी  माया आले मगरले “जनज्योति उच्च मा. बि.”, भिमाद, तनहुँ बाट अंग्रेजी  बिषय (Major English) लिएर कक्षा १२ उतिर्ण गरेकी छिन |

हालमा स्यानी माया आलेले “मकवानपुर बहुमुखी क्याम्पसमा” स्नातक तहको दोश्रो बर्षमा अध्यनरत छिन |  

 

 

 

नेपाल मगर संघ तनहुँ जिल्ला कार्य समितीको समनन्वयमा शैक्षिकसत्र २०७४/२०७५ को लागि छनोट भएका छात्र र छात्राहरु | बाँयाबाट सुना थापा मगर बिचमा बिवेक थापा मगर दाँयाबाट अञ्जना थापा मगर

नेपाल मगर संघ तनहुँ जिल्ला कार्य समितीको समनन्वयमा शैक्षिकसत्र २०७४/२०७५ को  छात्रवृत्तिको लागि छनोट भएका छात्र र छात्राहरु |   माथि बाँयाबाट सुना थापा मगर, बिवेक थापा मगर,  अञ्जना थापा मगर

 

तनहुँ जिल्लाबाट शैक्षिकसत्र २०७४/२०७५ को छात्रवृत्तिको लागि छनोट भएका छात्र छात्राहरु संस्थाको कोषाध्यक्ष्, तनहुँ जिल्ला मगर संघका अध्यक्ष श्री सिद्धान्त गर्जा मगर र आफ्ना अभिभावकका साथमा

तनहुँ जिल्लाबाट शैक्षिकसत्र २०७४/२०७५ को छात्रवृत्तिको लागि छनोट भएका छात्र छात्राहरु संस्थाको कोषाध्यक्ष्, तनहुँ जिल्ला मगर संघका अध्यक्ष श्री सिद्धान्त गर्जा मगर र आफ्ना अभिभावकका साथमा

 

सुना थापा मगर रिसिङ्ग गाउँ पालिका, वाड. न. १, क्ष्वदी , तनहुँ

  सुना थापा मगर,   रिसिङ्ग  गाउँ  पालिका, वाड. . , क्वादी, तनहुँ

सुना  थापा  मगर  २०७४  सालको  माध्यामिक  शिक्षा   परिक्षामा   S.E.E. (Secondary Education Exam) मा  सामुदायिक बिधालय  श्री शुक्ला मा. बि. बेल्टार, तनहुँबाट   GPA  (Grand Point Average) 3.15 %  अर्थात्  ७८..७५ % अंक  लिएर उतिर्ण भएकी  छिन | उनि  एउटी  आर्थिक  अबस्थाले अति नै बिपन्न  परिवारकी  जेहेन्दार  बिधार्थी  हुन् | यदी   सुना  थापा  एउटा  सम्पन्न  परिवारकी  छोरी  हुन्थिन  भने  उनको  बौद्धिक  क्षमता  अर्थात्  S.E.E.  को  नतिजा  अनुसार  भविष्यमा मगर  समुदायको  एउटी   तारा   बन्न  सफल  हुने थिइन् |

तथापी अझै पनि अवसर र  हौसला पाएर   भविष्यमा  चुनौतीहरु  संग  मुकाबिला  गर्दै  अघि  बढने  हिम्मत, साहस  लिन  सकिन  भने  अवस्य पनि यस  समुदाय र समाजका  भावी शन्ततिहरुका लागि भविष्यमा एउटी प्रेरणाको  श्रोत  र  प्रतिक  बन्नेछिन  भन्ने  अपेक्क्षा गर्दै  “मगर  बिधार्थी  उत्थान  समाजले”  सुना थापा  मगरलाई  कक्षा  ११ र १२ को  अध्यान को  लागि  छत्रवृत्ति  प्रदान  गरेको  छ|

 सुमा थापाले PRASHAR  COLLEGE,  दमौली तनहुँमा,  Management (Business Studies) विषय  लियर पढ्ने चाहना गरेकी छिन | 

हालमा सुना थापा Prashar College दमौली, तनहुँ मा कक्षा १२ मा अध्यनरत छिन |

 

Suna Thapa Magar with her Father at Tanahun Magar sangh office

                      Suna Thapa Magar with her Father at Tanahun Magar Sangh office   

 

बीवेक थापा मगर , बन्दीपुर गाँउ पालिका वा. न. ४, विमलनगर

                                                                                                    बीवेक थापा मगर         बन्दीपुर गाँउ पालिका वा. न. ४, विमलनगर, तनहुँ

             बिवेक   थापा  मगर  २०७४  सालको  माध्यामिक  शिक्षा   परिक्षामा   S.E.E. (Secondary Education Exam) मा  सामुदायिक बिधालय  श्री पबीत्रा मा. बि. बन्दीपुर  १, पिप्ले,  तनहुँबाट   GPA  (Grand Point Average) २.६५ %  अर्थात्  ६६.२५ % अंक  लिएर उतिर्ण भएका  छन् | उनि  पनि  एउटा  आर्थिक  अबस्थाले बिपन्न  परिवारका  जेहेन्दार  बिधार्थी  हुन् |

        उनका बाबासंग प्रत्क्षय  कुराकानी गर्दा उनि  पेशाले  सामान्य किसान हुन् | उनका चार जना छोरा छोरीहरु  अनि  श्रीमती  छन् |  चार छोरा छोरी  मध्ये  विवेक सबै भन्दा जेठो छोरा हुन् | उनको भनाई अनुसार खेति  किसानी  गर्नका लागि पनि प्रशस्त मात्रामा  जमिन जग्गा र  साथै  काम  गर्ने  जनशक्तिको अभावले गर्दा पनि बेला  बेलामा  आफ्नो  दैनिकी चलाउन पनि  गाह्रो भएको  महसुस गर्छन |  बिवेक थापाको  पारिवारिक  Background लाई मुल्याकंन गरेर  ” मगर बिधार्थी उत्थान समाजले” उनलाई छात्रवृत्ति प्रदान गरेको हो |

बिवेक थापाले  PRASHAR COLLEGE  दमौलीमा  Hotel Management  विषय  लिएर  पढ्ने चाहना गरेका छन् |

हालमा बिबेक थापा Prashar College दमौली, तनहुँ मा कक्षा १२ मा अध्यनरत छन्  |

 

Bibek Thapa with Father at Tanahun Magar Sangh Office

                         Bibek Thapa with  his  Father at Tanahun Magar Sangh Office

 

अञ्जना थापा मगर, बन्दीपुर गाउँ पालिका वा. न. ६, साम्दी, तनहुँ

                                                                                      अञ्जना थापा मगर              बन्दीपुर गाउँ पालिका वा. न. ६, साम्दी, तनहुँ  

                अञ्जना  थापा मगर २०७४ सालको माध्यामिक शिक्षा परिक्षामा  S.E.E. (Secondary Education Exam) मा सामुदायिक बिधालय  श्री अरुण  मा. बि. बन्दीपुर  तनहुँबाट  GPA (Grand Point Average) १.९५%  अर्थात्  ४८.७५ % अंक लिएर उतिर्ण भएकि छिन|

                  अञ्जनाको पारिवारिक पृष्ठभूमिलाई हेर्दा उनि पनि एउटा आर्थिक अबस्थाले बिपन्न  परिवारका बिधार्थी हुन् | उनि घरकी कान्छी छोरी हुन् | उनका एकजना  दिदी, एकजना  दाजु र आमा मात्र हुनुहुन्छ र दिदि विवाहित हुन् | आज भन्दा झन्डै एक दशक  अघि नै उनको ६-७ बर्षको उमेर छदा नै  बाबाको स्वर्गरोहर्ण भैसकेको बताउछिन | अन्जनाले हामीलाई उनकि एकल आमाले खेति, किसानी, मजदुरी र अनेकौ दु:ख कस्ट  भोग्दै  ऊनलाई माध्यमिक स्तर सम्म उतिर्ण गराउन सफल भएको जानकारी गराएकी छिन् |

                 अञ्जना  थापा मगरलाई कक्षा ११-१२ अध्यानका लागि  ” मगर बिधार्थी उत्थान समाजले ”  छात्रवृत्ति प्रदान गरेको छ | उनीले नेपाली र शिक्षालाई (Major Nepali and Education) मुख्य विषय लिएर PRASHAR COLLEGE  दमौली मा अध्यन गर्ने सोच लिएकी छिन |

हालमा अन्जना थापा Prashar College  दमौली, तनहुँमा कक्षा १२ मा अध्यनरत छिन |

सुना थापा मगर, विवेक थापा मगर र अञ्जना थापा मगर तिनै जनाले Prashar College दमौलीमा अध्यनरत छन् | उनीहरुले यस college मा केहि सहुलियतका साथ पढ्न पाउनका लागि नेपाल मगर संघ तनहुँ जिल्लाका अध्यक्षय श्री सिद्धान्त गर्जा मगर ज्यूले मुख्य भूमिका खेल्नु भएको थियो |
                उँहाको मद्दतको लागि “मगर बिधार्थी उत्थान समाज” र तिनै जना छात्र छात्राका तर्फ बाट  हृदय देखि  नै आभार ब्याक्त गर्दछौ |

 

 

 

 

Anjana Thapa Magar with her sister at Tanahun magar sangh office

                                  Anjana Thapa Magar with her sister at Tanahun Magar Sangh office

Leave a Reply

Your email address will not be published. Required fields are marked *