Home Page

‘मगर बिधार्थी उत्थान समाज’ किन ?

         नेपालको कुल जनसंख्याको तेस्रो स्थानमा रहेको भूमीपूत्र आदिवासी जनजाति मगर जाति । नेपालको सबै जिल्लामा बसोबास गर्ने यो समुदायको इमान्दारिता, मेहनतको सधैं गुनगान हुने गर्छ । यद्यपी मगर समुदायको जनसंख्या, मेहनत, परिश्रम जति छ त्यो अनुसार उसले समाजमा पाउने सम्मान, पद, नीति निर्माण तहमा पहुँच राख्दैन । यतिबेला सिंगो समाज यही विषयलाई खोजी रहेको छ । यसका लागि मुख्य विषय के हो ? भन्ने आवश्यकताका लागि केही व्यक्तिहरुको पहलमा यो मगर विद्यार्थी उत्थान समाज स्थापना गर्न सफल भएका छौं ।
हामीले धेरै महत्वकांक्षा राखेर यो संस्था स्थापना गरेका छैनौं । क्षमताले जति सकिन्छ, त्यति नै गर्ने भन्नेमा हामी इमान्दारिताका साथ प्रस्तुत भएका छौं । सहयोगी, मनकारीहरुको हात फैलिए, खुला दिलले यो संस्थाप्रति मन लागे साँचै हामीले समाजमा केही गरेर उदाहरणीय काम गर्न सक्छौं । परोपकारी मदर टेरेसाले एक पटक भन्नुभएको थियो “यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौं त एक जनालाई खुवाउ” अहिले हामी यही भनाईलाई सम्झँदै सानो प्रयास गरेका छौं । सय जनालाई पढाउन नसकौंला । तर, हाम्रो आर्थिक हैसियत अनुसार केही जेहन्दार, गरिब मगर विद्यार्थीलाई छात्रबृत्ति दिने उद्देश्य सहित यो संस्थालाई अघि बढाएका छौं ।

मगर बिधार्थी उत्थान समाज कसरी निर्माण भयो ?

यो संस्था सुद्ध परोपकारी समाजमा केही गरौं भन्ने उद्देश्यले ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको पहलमा भएको हो । (Le Grand Bleu) यो एउटा व्यक्तिगत पानी जहाज हो । त्यहाँ हामी सन २००३ मा केही ब्रिटिश भूतपूर्व गोर्खा सैनिक दाजुभाईहरु काम गर्न पुग्यौं । जहाँ पुग्दा हाम्रो मनमा एउटै कुरा खेल्यो । वर्षौ वर्षसम्म हामी किन काम मात्रै गरिरहेका छौं ? सँगै बस्दा ती मनमा खेलेका कुरालाई संस्थागत गर्ने सोँचमा पुग्यौं । नेपाल विश्वको उच्च शिखर सगरमाथा, विश्व  शान्तिका माहानायक बुद्ध भगवान गौतम बुद्धको जन्मस्थल । तर, त्यहाँ शिक्षा भएन । शिक्षा नभएकै कारण हामी नेपालीहरु पछाडी परेको निष्कर्षमा पुगेर शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले यो संस्थाको जन्म हुन पुग्यो ।
संस्था निर्माणका लागि पहिलो कुरा आर्थिक संकलन हुनुपर्ने निश्कर्षमा हामी पुग्यौं । तत्कालीन समयमा कार्यरत ६ जना मगरहरुले मासिक १०/२० डलर सम्म उठाउँदैं गयौं । सन् २०१२ डिसेम्बरमा गरेको अभियानले थप उत्साहित र प्रेरित बनायो । कम्तीमा १० वर्षमा १ सय जना जेहन्दार, गरिब मगरका छोराछोरीलाई पढाउन सकियो भने त्यसले समाजमा पक्कै पनि परिवर्तन लिन्छ भन्ने सोँचमा पुगियो ।
अहिले त्यही सोँच अनुसार सानो रकमको अक्षयकोष स्थापना गरी ‘मगर विद्यार्थी उत्थान समाज’ दर्ता गरिएको छ । अक्षयकोषको ब्याजबाट पहिलो पटक शैक्षिकसत्र  २०७२/७३ मा  १ वा २ जना ‘प्लस टुका’ जेहन्दार विद्यार्थीले छात्रबृत्ति पाउने छन् । अक्षयकोष स्थापना गर्ने प्राय सबै सदस्यहरु ललितपुरमा रहेकाले पहिलो छात्रबृत्ति यही जिल्लामा दिइएको थियो । त्यससँगै कोषलाई थप विस्तार गरी  दिर्घकालीन उद्देश्य नेपाल अधिराज्यभर मगर बाहुल्यता भएका स्थानहरुमा पुराउने लक्ष्य रहेको छ ।

मगर विद्यार्थी उत्थान समाजको अपील

यो हाम्रो सानो प्रयासलाई देश विदेशमा रहनु हुने सम्पूर्ण मगर तथा गैर मगर समुदायमा शिक्षाबाट समाजमा उज्यालो फैल्याउँ भन्ने उद्देश्य बारे जानकारी गराउनु  पाउँदा  असाध्यै खुशी छौं । हाम्रो यो प्रयासलाई सबैको सहयोगी हातहरुले साथ दिए पक्कै पनि सिंगो समाजलाई एउटा शिक्षित समाज निर्माण गर्ने प्रयास गरेका छौं ।
यो प्रयासका लागि एउटा पवित्र उद्देश्यले शिक्षा क्षेत्रका लागि गरिएको यो प्रयासमा तपाईंहरुको सहयोगी हात नै मुख्य जिम्मेवारी हुने छ । जसले आज हामीले गरेको सानो प्रयासले भोलीको सभ्य समाज निर्माण गर्ने छ । हामीले सबै सहयोगी हातहरुलाई संस्थागत गर्न प्रयास मात्र गरेका छौं । यो प्रयासमा तपाईंहरुको सानो सहयोगले समाजको उदाहरणीय काम थालनी हुने छ । ‘अहिले नगरे कहिले गर्ने ?’ यसलाई मनन गर्दै तपाईंहरुको सहयोग लागि ‘मगर विद्यार्थी उत्थान समाज’ हार्दिक अपील गर्दछ ।