शैक्षिकसत्र २0७६ (Academic Year B.S. 2076)

शैक्षिकसत्र २०७६ को छात्रवृत्ति कक्षा ११ मा अध्यन गर्नको लागि गोरखा जिल्लाबाट ६  जना  र  स्यांजा जिल्लाको केहि दक्षिणि भाग  कालिगण्डकीको सेरोफ्हेरो भाग बाट  ५ जना गरि जम्मा १२ जना छात्र छात्राहरुलाई  “मगर बिधार्थी उत्थान समाजले”  छात्रवृत्ति प्रदान गरेको छ | यिनीहरु सबै जना मगर समुदायका आर्थिक रुपले बिपन्न र जेहेन्दार बिधार्थीहरु हुन् |

गोरखा जिल्ला

कमला थापा मगर
सिरानचोक गा.पा. वार्ड नं. ८ फीना, गोरखा

१.     कमला थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.८% अर्थात् ७०% अंक लिएर श्री परोपकारी आदर्श मा।बि, जौबारी गोरखा बाट उतिर्ण भएकी हुन् । कमलाले सानै उमेरमा आमा गुमाएको र त्यस पस्च्यत बाबाले सानी आमा लिएर बसेका छन् । उनि मावली बजैसंग बसेर अध्यान गर्दै आइरहेकी छिन् । उनको यी  समस्यालाई मनन गर्दै छात्रवृति प्रदान गरियको छ। उनि हाल  श्री परोपकारी आदर्श मा. बि.  गोरखा मा कक्षा १२ मा अध्यनरत छिन।  

रञ्जना थापा मगर
गौरी कुवा , गोरखा

२.     रञ्जना थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.८५% अर्थात् ७१.२५% अंक लिएर श्री जेनियस ईंलिस मा.बि. गोरखा बाट उतिर्ण भएकी हुन् । रन्जनाको बाबा मलेसियामा कार्यरत छन् तर गत १० बर्ष देखि घरमा नआएको तर,सम्पर्क भने रहेका छन । आमाले कृषी पेषा गर्दै उनीलाई पढाई रहेकी छिन। उनको यी समस्यालाई मनन गर्दै छात्रवृति प्रदान गरियको छ। उनि हाल श्री सरस्वती मा.बि.,गो. न.पा. ८ ,आहाले गोरखामा कक्षा १२ मा अध्ययन गरिरहेकि छिन।  

सुनिल थापा मगर गो.न.पा.७,बतासे गोरखा

  ३.     सुनिल थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.८% अर्थात् ७०% अंक लिएर श्री नवज्योती मा.बि. डण्डी डाडा गोरखाबाट उतिर्ण भएका हुन् । सुनिलले पनि बाबा गुमाई सकेका छन् र आमाले कृषी पेषा गर्दै उनीलाई अध्यान गराउदै आइरहेकि छिन । उनको यी समस्यालाई मनन गर्दै छात्रवृति प्रदान गरियको छ। उनि हाल श्री सक्ति मा.बि.,सक्तिचोक ,गोरखामा कक्षा १२ मा अध्ययन गरिरहेका छन ।   

 

रितीका बराल मगर श्री लखन गा.पा.  बतासे,धैरुङ्ग, गोरखा   

४.     रीतिका बराल मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.४५ % अर्थात् ६१.२५ % अंक लिएर श्री भगवती हिमालय मा.बि. धैरुङ्ग,गोरखाबाट उतिर्ण भएका हुन् । रीतिकाले १ वर्षा मै आमा गुमायकी हुन् र आमा बितेकै दिन देखि ठुला बाबा र आमा ले हाल सम्म पालन पोषण र शिक्षादिक्षा दिदै आई रहेका छन्। अहिले उनीहरु पनि ६ दसक पुगिसके छन्। अहिले सम्म आफ्नो बाबा र कान्छी आमाले कुनै जिम्मेवार नलिएको जानकारी आयको छ। यी सबै कुराहरुलाई मनन गर्दै छात्रवृत्ति प्रदान गरियको छ। हाल उनि सोहि श्री भगवती हिमालय मा.बि. धैरुङ्ग, गोरखामा कक्षा १२ मा अध्यनरत छिन ।  

 

दिपक थापा मगर
बारपाक सुलिकोट गा.पा. ८, गोरखा

५ .       दिपक थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.५ % अर्थात् ६२.५ % अंक लिएर श्री अन्तरज्योती मा।बि बार्पाक, गोरखाबाट उतिर्ण भएका हुन्। दिपक को पारिवारिक पृष्ठभुमि हेर्दा उनि १० वर्षा हुदा बाबाको मृत्यु भएको थियो भने आमाले छोडेर पोईला गएका थिए । साथै उनि अपाङ्ग पनि छन् । उनका २ दिदि हरु छन् जेठी दिदि को बिवाह भै सकेको छ र उनलाई कान्छी दिदिले हेरचाह गर्दै आएकी छिन र उनीले पनि अहिले कक्षा १२ मा अध्यानरत छिन। दिपकको दर्दानक पृष्ठभूमिलाई मनन गर्दै छात्रब्रित्त्ति प्रदान गरियको छ। हाल श्री शक्ति मा.बि. गो.न.पा ६ , गोरखामा कक्षा १२ मा अध्ययन गरिरहेका दिपकलाई खान र बस्नका लागी समस्या भईरहेको छ । केहि समयको लागी हाल नेपाल मगर संघ गोरखा जिल्ला समितिको भवनमा बसेर अध्ययन गरिरहेका छन . 

 

साबित्री राना  गर
गण्डकी गा.वा.२, ताङ्गलीचोक, गोरखा

६.      सावित्री राना मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.00 % अर्थात् ५०.00 % अंक लिएर श्री बिजया भवानी मा. बी. मकै सिंग गोरखा गोरखाबाट उतिर्ण भएकि हुन् । सावित्री रानाको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा बर्ष ४९को अपाङ्ग हुनुहुन्छ । आरक्षण को कोटामा गाउको स्वास्थ्य केन्द्रमा सहयोगीको रुपमा जागिर गर्नु हुन्छा। आमा दुई छोरी पार्बती र साबित्रीलाई छोडेर अर्कै संग पोईला गएकि छिन ।  सावित्रीको सैक्षिक क्षेमतलालाई भन्दा पनि पारिवारिक पृष्ठभूमिलाई मध्यनजर गर्दै छात्रवृत्ति प्रदान गरियको छ। हाल साबित्रिले सोहि बिधालय श्री बिजया भवानी मा.बी., मकैसिंग गोरखामा कक्षा १२ मा अध्यानरत छिन।   

स्याञ्जा जिल्ला

चन्द्र बहादुर सारु मगर काली गण्डकी गा.पा.६, दब्छे , स्यांजा

७.       चन्द्र बहादुर सारु मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.0% अर्थात् ७५% अंक लिएर श्री धुर्बज्योती मा।बि। स्याञ्जा बाट उतिर्ण भएका हुन् । हालमा उनि श्री भगवती नमुना मा.बि. मिर्मेमा मेजर अंग्रजी बिषय लिएर कक्षा १२ अध्ययन गरिरहेका छन ।  

चाहाना थापा मगर
काली गण्डकी ५ करेकुवा , स्यांजा

८.       चाहाना थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २ ९ % अर्थात् ७२ ५% अंक लिएर श्री बिरेन्द्र मा.बि. बलाम, जैपते, स्याञ्जा बाट उतिर्ण भएकि हुन् । हालमा उनि सोहि बिधालय श्री बिरेन्द्र मा.बि. बलाम, जैपते स्यांजामा कक्षा १२ मा अध्ययन गरिरहेका छन ।  

 

ज्ञान बहादुर थापा मगर गल्याङ्ग नगरपालिका २ , रैबार , स्यांजा

 

९.      ज्ञान बहादुर थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.९ % अर्थात् ७२.५% अंक लिएर श्री बिरेन्द्र मा.बि.जैपते ,स्याङ्गजाबाट उतिर्ण भएका हुन्।
हालमा उनि बिहानमा क्याम्पस पढ्ने र दिनमा  काम गर्दै श्री पुर्नमेड मा. बि. वालिङ्ग ,स्यांजामा कक्षा १२ मा अध्ययन गरिरहेका छन ।  

 

प्रितीका थापा मगर
गण्डकी न.पा.२, आमबोट, स्यांजा

१०.     प्रितिका थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.६५% अर्थात् ६६.२५% अंक लिएर श्री शिबालय मा.बि. गुठी स्याङ्गजाबाट उतिर्ण भएकि हुन्।
हालमा उनि सोहि बिधालय श्री शिबालय मा.बि. गुठी, स्यांजामा कक्षा १२ मा अध्ययन गरिरहेकि छिन ।

 

निलम थापा मगर
घ्याङ्गसि“डाडा , स्यांजा

११.      निलम थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.१५% अर्थात् ५३.१५% अंक लिएर श्री शिबालय मा।बि। गुठी स्याङ्गजाबाट उतिर्ण भएकि हुन्।
निलमले झन्डै १ वर्षा पनि नपुग्दै बाबालाई गुमाएकी थिईन । आमाले खेति किसानी गरेर छोरी निलमलाई पढाउदै आएकि छिन।
हालमा उनि सोहि बिधालय श्री शिबालय मा. बि.  गुठी, स्यांजामा कक्षा १२ मा अध्ययन गरिरहेकि छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *