शैक्षिकसत्र २0७७ (Academy Year B. S. 2077)

शैक्षिकसत्र २०७७ सालको छात्रवृत्ति कक्षा ११ मा अध्यन गर्नको लागि बाग्लुङ्ग जिल्लाबाट  ९ र गुल्मी जिल्ला बाट १ जना गरेर जम्मा १० जना छात्र छात्राहरुलाई  “मगर बिधार्थी उत्थान समाजले”  छात्रवृत्ति प्रदान गरेको छ | यिनीहरु सबै जना मगर समुदायका आर्थिक रुपले बिपन्न र जेहेन्दार बिधार्थीहरु हुन् |  

                                                  बाग्लुङ्ग  जिल्ला

 

किश्मत बुढा मगर,
निसी खोला गा. पा. वा. न. १
हर्पे, बाग्लुङ्ग

१.        किश्मत बुढा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.९५ अर्थात ९८.७५%  लिएर श्री देबिस्थान मा.बी, निसी खोला गा. पा. बाग्लुङ्ग बाट उतिर्ण भयका हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा आमा साधारण किसान हुन। किश्मत्को शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै, उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | किश्मत बुढा मगर हालमा  बाझेपाटन  उच्च मा. बि. पोखरामा कक्षा ११ मा बिज्ञान (SCIENCE)  बिषय  लिएर अध्यन गरिरहेकाछन |स्मरण रहोस् उनले यो क्यामपसमा अध्यान गर्नको लागि खुला प्रतिशपर्दा बाट ४० जनाको कोटामा आफ्नो नाम निकाल्न सफल भएका हुन । 

सुना अर्गेजा मगर, ढोर्पाटन न. पा.     वा. न.४, लुकुर्बन,बाग्लुङ्ग

२.       सुना अर्गेजा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.९ अर्थात ९७.५%   लिएर श्री उत्तर गंगा मा.बी., बुर्तिबाङ, ढोर्पाटन न. पा., बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा आमा सामान्य किसान हुन। सुनाको शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै, उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | सुना अर्गेजा मगर हालमा उत्तरगंगा  उच्च मा. बि. बुर्तिबाङमा कक्षा ११ मा Management लिएर अध्यन गरि रहेकिछिन ।

 

सिमा थापा मगर, बडी गाड गा. पा.       वा. न. १, डगा तुम्डाडा,बाग्लुङ्ग

३.            सिमा थापा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.६ अर्थात ९०% लिएर श्री खड्ग मा.बी. डगा तूम्डाडा,बडी गाड गा.पा., बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा भारतमा सामान्य नोकरी गर्दै गरेको र आमा सामान्य किसानहुन। सिमाको शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | सिमा थापा मगरले हालमा श्री खड्ग उच्च मा.बी.डगा तूम्डाडामै कक्षा ११ मा Management बिषय लिएर अध्यन गरि रहेकिछिन ।

 

सिता थापा मगर,   बडी गाड गा.पा. वा. न. १,  डगा तुम्डाडा,बाग्लुङ्ग

४.      सिता थापा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.५ अर्थात ८७.५%   लिएर श्री खड्ग मा.बी.,डगा तूम्डाडा, बडी गाड गा.पा., बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा भरतमा सामान्य नोकरी गर्दै गरेको र आमा सामान्य किसान हुन। सिता थापाको  शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ |  सिता थापा मगरले हालमा श्री खड्ग उच्च मा.बी.डगा तूम्डाडामै कक्षा ११ मा Management बिषय लिएर अध्यन गरि रहेकिछिन ।

                                                                      

 

मीनु पाईजा मगर, बडी गाड गा. पा.,   वा. न.७,खाल,बाग्लुङ्ग

५.          मीनु पाईजा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.५५ अर्थात ८८.७५% लिएर श्री बुद्ध मा.बी. खाल, बडी गाड गा.पा.,वा. न. ७ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा र आमा सामान्य किसान हुन। मिनुको शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | मीनु पाईजा मगरले हालमा श्री कालिका उच्च मा.बी. बुटवलमा कक्षा ११ मा कानून (LAW) बिषय लिएर अध्यन गरि रहेकिछिन ।

 

पूजा घर्ती मगर, निसी खोला,       गा. पा. वा. न. ५, निसी, बाग्लुङ्ग

६.        पूजा घर्ति मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.७ अर्थात ६७.५% लिएर श्री ज्ञानेन्द्र मा.बी. निसी, निसीखोला गा. पा. वा.न.५ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि अती दर्दानक र पिडादाइक र धेरै नाजुक छ। उनको सनै उमेरमा आमा बितेको र बाबाको पनि मनसिक सन्तुलन गेमेको अवस्थामा आफ्नै फुपुले पालन पोषण गरेकी थिइन। फुपु पनि केही बर्षा अघी बिते पछी अहिले नजिकको आफन्त नाताले छ्यामा पर्ने सँग आषर्य लियर पढ्दै एकल जीवन यापन गरी रहेकोछिन। “यो भनाइ थियो उनकी स्कुलको प्रधानअध्यापकको”। पूजा घर्ति मगरको पारिवारिक पृष्‍ठ भूमिलाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | पूजा घर्ति मगरले हालमा श्री ज्ञानेन्द्र उच्च मा.बी. निसिमा कक्षा ११ मा Management बिषय लिएर अध्यान गरि रहेकिछिन ।

 

भिम कुमारी घर्ती मगर, निसी खोला  गा.पा. वा. न. ५, निसी, बाग्लुङ्ग

७.         भीम कुमारी घर्ति मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.६ अर्थात ६५.% . लिएर श्री ज्ञानेन्द्र म.बी. निसी, निसीखोला  गा. पा. वा.न.५ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । भीम कुमारीको पारिवारिक पृष्ठभुमि पनि  पिडादाइक नै छ। उनको सनै उमेरमा बाबा  बितेको र आमाले सनैमा छोडेर पोइल गयको । यो अवस्थामा आफ्नो फुपुले पालन पोषण र पढाउदै आयकिछिन। फुपुको पनि आर्थिक अवस्था कम्जोर छ। भिम कुमारीले पनि आफ्नो एकल जीवन यसरी नै चलाई रहेकोछिन। भिम कुमारी घर्ती मगरको शैक्षिक क्षेमता भन्दा पनि पारिवारिक पृष्‍ठ भूमिलाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | भिम कुमारी घर्ति मगरले हालमा श्री ज्ञानेन्द्र उच्च मा.बी. निसिमा कक्षा ११ मा Management बिषय लिएर अध्यान गरि रहेकिछिन ।

 

                                                             

अरुनिमा राकस्कोती मगर, बडि गाड गा. पा. वा. न. ५, ग्वालिचौर, बाग्लुङ

८.     अरुनिमा राकस्कोटी मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.७५ अर्थात ६८.७५% लिएर श्री भानु मा.बी. ग्वालिचौर, बडी गाड गा.पा.,वा. न.५ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा खाडी क्षेत्रमा कार्यरथ हुँदा आँखाको समस्याले फर्कियको र आमा सामान्य किसानर र घरएलु मजदुर हुन। अरुनिमाको पारिवारिक समस्यालाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | अरुनिमा राकस्कोटी मगरले हालमा श्री भानु उच्च मा.बी. ग्वालिछौर बाग्लुङमा कक्षा ११ मा Management लिएर अध्यन गरि रहेकिछिन ।

 

मनिषा थापा मगर, बडि गाड गा. पा. वा. न. ५, ग्वालिचौर, बाग्लुङ्ग

९.      मनिषा थापा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.३५ अर्थात  ५८.७५% लिएर श्री भानु मा.बी. ग्वालिचौर, बडी गाड गा.पा.वा.न.५ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबाले दोश्रो विवाह गरेर बहिरै बसेको आमा निरन्तर माइतमै बस्दै आयको र मनिषा चाँही उमेर पुगेकी बजै सँग बसेर पढ्दै आयको, बाबा आमा सँग छुट्टीयर बसेको उनिहरु बाट मायाको अनूभुतीको नपायको पिडा बताउछिन। मनिषा थापाको शैक्षिक क्षेमता भन्दा पनि पारिवारिक समस्यालाई मध्यनजर गर्दै उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | मनिषा थापा मगरले हालमा श्री भानु उच्च मा.बी. ग्वालिचौर,बाग्लुङमा कक्षा ११ मा Major English लिएर अध्यन गरि रहेकिछिन | 

 

 

 

शान्ती घर्ती मगर                   बाझकटेरी गा. पा., गुल्मी

१०.         शान्ती घर्ती मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.७ अर्थात ६७.५% लिएर श्री नेपाल आदर्श मा.बी. कपिलवस्तु बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा आमा अतिनै सामान्य किसान हुन। उनको ब्यक्तिगत पृष्ठभुमिलाई हेर्दा उनी एउटा (Blood Cancer) ब्लूद क्यान्सरको बिरामी हुन, यही Blood क्यान्सरको उपचारको क्रममा औषधीको असरले गर्दा उनिले गत साल एउटा मिर्गौल समेत गुमाएकी छिन। शन्ती घर्ती मगरको शैक्षिक क्षेमता भन्दा पनि उनको ब्यक्तिगत पृष्ठभुमिलाई  मध्यनजर गर्दै उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | शान्ती घर्ती मगरले हालमा श्री नेपाल आदर्श उच्च मा.बी. कपिलवस्तुमा कक्षा ११ मा Management लिएर अध्यन गरि रहेकिछिन ।

सन. 2018 मा शान्ती घर्ती मगरको उपचारको लागि UK बाट ” गोर्खा हिथ्रो नेपाली समाजले” केही सहयोग रकम उठाएको थियो। त्यही सहयोग रकम महाराजगन्ज शिक्षण अस्पातलमा  हस्तान्तरण गर्ने सिलसिलामा MBUS का सदस्यहरुको पनि सहभागिता थियो। त्यही समयमा शान्तिले भनेकी थीइन यदी स्वास्थ्यले साथ दियो भने फेरी मेरो पढाईलाई निरन्तरता दिनेछु भन्ने जिज्ञासा राखेकी हुँदा उनिलाई पनि यस पाली समेतिएको हो ।

                                                                                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *