Class 11
1. Jelish Thapa Magar
2. Tensan Phauja Magar
3. Roshan Rana Magar
4. Michael Rahadi Magar
5. Chandra Kumari Rana Magar
6. Lokendra Rana Magar
7. Ashwin Shrees Magar
8. Babita Sinjali Magar
9. Ghanashyam Thapa Magar
10. Amit Rahadi Magar
11 Tenjina Rana Magar
शैक्षिकसत्र २०७८ सालमा कक्षा ११ मा अध्यान गर्नका लागि ५ जना छात्राहरु बिभिन्न्न जिल्ला बाट छनोट भएकाछन उनीहरुको फोटो, शैक्षिक र व्यक्तिगत बिवरण प्राप्त नभएकोले यो पेज अपडेट गर्न बाकी छ।
१. किश्मत बुढा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.९५ अर्थात ९८.७५% लिएर श्री देबिस्थान मा.बी, निसी खोला गा. पा. बाग्लुङ्ग बाट उतिर्ण भयका हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा आमा साधारण किसान हुन। किश्मत्को शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै, उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | किश्मत बुढा मगर हालमा बाझेपाटन उच्च मा. बि. पोखरामा कक्षा ११ मा बिज्ञान (SCIENCE) बिषय लिएर अध्यन गरिरहेकाछन |स्मरण रहोस् उनले यो क्यामपसमा अध्यान गर्नको लागि खुला प्रतिशपर्दा बाट ४० जनाको कोटामा आफ्नो नाम निकाल्न सफल भएका हुन ।
२. सुना अर्गेजा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.९ अर्थात ९७.५% लिएर श्री उत्तर गंगा मा.बी., बुर्तिबाङ, ढोर्पाटन न. पा., बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा आमा सामान्य किसान हुन। सुनाको शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै, उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | सुना अर्गेजा मगर हालमा उत्तरगंगा उच्च मा. बि. बुर्तिबाङमा कक्षा ११ मा Management लिएर अध्यन गरि रहेकिछिन ।
३. सिमा थापा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.६ अर्थात ९०% लिएर श्री खड्ग मा.बी. डगा तूम्डाडा,बडी गाड गा.पा., बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा भारतमा सामान्य नोकरी गर्दै गरेको र आमा सामान्य किसानहुन। सिमाको शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | सिमा थापा मगरले हालमा श्री खड्ग उच्च मा.बी.डगा तूम्डाडामै कक्षा ११ मा Management बिषय लिएर अध्यन गरि रहेकिछिन ।
४. सिता थापा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.५ अर्थात ८७.५% लिएर श्री खड्ग मा.बी.,डगा तूम्डाडा, बडी गाड गा.पा., बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा भरतमा सामान्य नोकरी गर्दै गरेको र आमा सामान्य किसान हुन। सिता थापाको शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | सिता थापा मगरले हालमा श्री खड्ग उच्च मा.बी.डगा तूम्डाडामै कक्षा ११ मा Management बिषय लिएर अध्यन गरि रहेकिछिन ।
५. मीनु पाईजा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.५५ अर्थात ८८.७५% लिएर श्री बुद्ध मा.बी. खाल, बडी गाड गा.पा.,वा. न. ७ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा र आमा सामान्य किसान हुन। मिनुको शैक्षिक क्षेमता र पारिवारिक समस्यालाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | मीनु पाईजा मगरले हालमा श्री कालिका उच्च मा.बी. बुटवलमा कक्षा ११ मा कानून (LAW) बिषय लिएर अध्यन गरि रहेकिछिन ।
६. पूजा घर्ति मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.७ अर्थात ६७.५% लिएर श्री ज्ञानेन्द्र मा.बी. निसी, निसीखोला गा. पा. वा.न.५ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि अती दर्दानक र पिडादाइक र धेरै नाजुक छ। उनको सनै उमेरमा आमा बितेको र बाबाको पनि मनसिक सन्तुलन गेमेको अवस्थामा आफ्नै फुपुले पालन पोषण गरेकी थिइन। फुपु पनि केही बर्षा अघी बिते पछी अहिले नजिकको आफन्त नाताले छ्यामा पर्ने सँग आषर्य लियर पढ्दै एकल जीवन यापन गरी रहेकोछिन। “यो भनाइ थियो उनकी स्कुलको प्रधानअध्यापकको”। पूजा घर्ति मगरको पारिवारिक पृष्ठ भूमिलाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | पूजा घर्ति मगरले हालमा श्री ज्ञानेन्द्र उच्च मा.बी. निसिमा कक्षा ११ मा Management बिषय लिएर अध्यान गरि रहेकिछिन ।
७. भीम कुमारी घर्ति मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.६ अर्थात ६५.% . लिएर श्री ज्ञानेन्द्र म.बी. निसी, निसीखोला गा. पा. वा.न.५ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । भीम कुमारीको पारिवारिक पृष्ठभुमि पनि पिडादाइक नै छ। उनको सनै उमेरमा बाबा बितेको र आमाले सनैमा छोडेर पोइल गयको । यो अवस्थामा आफ्नो फुपुले पालन पोषण र पढाउदै आयकिछिन। फुपुको पनि आर्थिक अवस्था कम्जोर छ। भिम कुमारीले पनि आफ्नो एकल जीवन यसरी नै चलाई रहेकोछिन। भिम कुमारी घर्ती मगरको शैक्षिक क्षेमता भन्दा पनि पारिवारिक पृष्ठ भूमिलाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | भिम कुमारी घर्ति मगरले हालमा श्री ज्ञानेन्द्र उच्च मा.बी. निसिमा कक्षा ११ मा Management बिषय लिएर अध्यान गरि रहेकिछिन ।
८. अरुनिमा राकस्कोटी मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.७५ अर्थात ६८.७५% लिएर श्री भानु मा.बी. ग्वालिचौर, बडी गाड गा.पा.,वा. न.५ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा खाडी क्षेत्रमा कार्यरथ हुँदा आँखाको समस्याले फर्कियको र आमा सामान्य किसानर र घरएलु मजदुर हुन। अरुनिमाको पारिवारिक समस्यालाई मध्यनजर गर्दै,उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | अरुनिमा राकस्कोटी मगरले हालमा श्री भानु उच्च मा.बी. ग्वालिछौर बाग्लुङमा कक्षा ११ मा Management लिएर अध्यन गरि रहेकिछिन ।
९. मनिषा थापा मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.३५ अर्थात ५८.७५% लिएर श्री भानु मा.बी. ग्वालिचौर, बडी गाड गा.पा.वा.न.५ बाग्लुङ्ग बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबाले दोश्रो विवाह गरेर बहिरै बसेको आमा निरन्तर माइतमै बस्दै आयको र मनिषा चाँही उमेर पुगेकी बजै सँग बसेर पढ्दै आयको, बाबा आमा सँग छुट्टीयर बसेको उनिहरु बाट मायाको अनूभुतीको नपायको पिडा बताउछिन। मनिषा थापाको शैक्षिक क्षेमता भन्दा पनि पारिवारिक समस्यालाई मध्यनजर गर्दै उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | मनिषा थापा मगरले हालमा श्री भानु उच्च मा.बी. ग्वालिचौर,बाग्लुङमा कक्षा ११ मा Major English लिएर अध्यन गरि रहेकिछिन |
१०. शान्ती घर्ती मगरले २०७७ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.७ अर्थात ६७.५% लिएर श्री नेपाल आदर्श मा.बी. कपिलवस्तु बाट उतिर्ण भएकी हुन् । उनको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा आमा अतिनै सामान्य किसान हुन। उनको ब्यक्तिगत पृष्ठभुमिलाई हेर्दा उनी एउटा (Blood Cancer) ब्लूद क्यान्सरको बिरामी हुन, यही Blood क्यान्सरको उपचारको क्रममा औषधीको असरले गर्दा उनिले गत साल एउटा मिर्गौल समेत गुमाएकी छिन। शन्ती घर्ती मगरको शैक्षिक क्षेमता भन्दा पनि उनको ब्यक्तिगत पृष्ठभुमिलाई मध्यनजर गर्दै उनलाई कक्षा ११ र १२ को अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरियको छ | शान्ती घर्ती मगरले हालमा श्री नेपाल आदर्श उच्च मा.बी. कपिलवस्तुमा कक्षा ११ मा Management लिएर अध्यन गरि रहेकिछिन ।
सन. 2018 मा शान्ती घर्ती मगरको उपचारको लागि UK बाट ” गोर्खा हिथ्रो नेपाली समाजले” केही सहयोग रकम उठाएको थियो। त्यही सहयोग रकम महाराजगन्ज शिक्षण अस्पातलमा हस्तान्तरण गर्ने सिलसिलामा MBUS का सदस्यहरुको पनि सहभागिता थियो। त्यही समयमा शान्तिले भनेकी थीइन यदी स्वास्थ्यले साथ दियो भने फेरी मेरो पढाईलाई निरन्तरता दिनेछु भन्ने जिज्ञासा राखेकी हुँदा उनिलाई पनि यस पाली समेतिएको हो ।
१. कमला थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.८% अर्थात् ७०% अंक लिएर श्री परोपकारी आदर्श मा।बि, जौबारी गोरखा बाट उतिर्ण भएकी हुन् । कमलाले सानै उमेरमा आमा गुमाएको र त्यस पस्च्यत बाबाले सानी आमा लिएर बसेका छन् । उनि मावली बजैसंग बसेर अध्यान गर्दै आइरहेकी छिन् । उनको यी समस्यालाई मनन गर्दै छात्रवृति प्रदान गरियको छ। उनि हाल श्री परोपकारी आदर्श मा. बि. गोरखा मा कक्षा १२ मा अध्यनरत छिन।
२. रञ्जना थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.८५% अर्थात् ७१.२५% अंक लिएर श्री जेनियस ईंलिस मा.बि. गोरखा बाट उतिर्ण भएकी हुन् । रन्जनाको बाबा मलेसियामा कार्यरत छन् तर गत १० बर्ष देखि घरमा नआएको तर,सम्पर्क भने रहेका छन । आमाले कृषी पेषा गर्दै उनीलाई पढाई रहेकी छिन। उनको यी समस्यालाई मनन गर्दै छात्रवृति प्रदान गरियको छ। उनि हाल श्री सरस्वती मा.बि.,गो. न.पा. ८ ,आहाले गोरखामा कक्षा १२ मा अध्ययन गरिरहेकि छिन।
३. सुनिल थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.८% अर्थात् ७०% अंक लिएर श्री नवज्योती मा.बि. डण्डी डाडा गोरखाबाट उतिर्ण भएका हुन् । सुनिलले पनि बाबा गुमाई सकेका छन् र आमाले कृषी पेषा गर्दै उनीलाई अध्यान गराउदै आइरहेकि छिन । उनको यी समस्यालाई मनन गर्दै छात्रवृति प्रदान गरियको छ। उनि हाल श्री सक्ति मा.बि.,सक्तिचोक ,गोरखामा कक्षा १२ मा अध्ययन गरिरहेका छन ।
४. रीतिका बराल मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.४५ % अर्थात् ६१.२५ % अंक लिएर श्री भगवती हिमालय मा.बि. धैरुङ्ग,गोरखाबाट उतिर्ण भएका हुन् । रीतिकाले १ वर्षा मै आमा गुमायकी हुन् र आमा बितेकै दिन देखि ठुला बाबा र आमा ले हाल सम्म पालन पोषण र शिक्षादिक्षा दिदै आई रहेका छन्। अहिले उनीहरु पनि ६ दसक पुगिसके छन्। अहिले सम्म आफ्नो बाबा र कान्छी आमाले कुनै जिम्मेवार नलिएको जानकारी आयको छ। यी सबै कुराहरुलाई मनन गर्दै छात्रवृत्ति प्रदान गरियको छ। हाल उनि सोहि श्री भगवती हिमालय मा.बि. धैरुङ्ग, गोरखामा कक्षा १२ मा अध्यनरत छिन ।
५ . दिपक थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.५ % अर्थात् ६२.५ % अंक लिएर श्री अन्तरज्योती मा।बि बार्पाक, गोरखाबाट उतिर्ण भएका हुन्। दिपक को पारिवारिक पृष्ठभुमि हेर्दा उनि १० वर्षा हुदा बाबाको मृत्यु भएको थियो भने आमाले छोडेर पोईला गएका थिए । साथै उनि अपाङ्ग पनि छन् । उनका २ दिदि हरु छन् जेठी दिदि को बिवाह भै सकेको छ र उनलाई कान्छी दिदिले हेरचाह गर्दै आएकी छिन र उनीले पनि अहिले कक्षा १२ मा अध्यानरत छिन। दिपकको दर्दानक पृष्ठभूमिलाई मनन गर्दै छात्रब्रित्त्ति प्रदान गरियको छ। हाल श्री शक्ति मा.बि. गो.न.पा ६ , गोरखामा कक्षा १२ मा अध्ययन गरिरहेका दिपकलाई खान र बस्नका लागी समस्या भईरहेको छ । केहि समयको लागी हाल नेपाल मगर संघ गोरखा जिल्ला समितिको भवनमा बसेर अध्ययन गरिरहेका छन .
६. सावित्री राना मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.00 % अर्थात् ५०.00 % अंक लिएर श्री बिजया भवानी मा. बी. मकै सिंग गोरखा गोरखाबाट उतिर्ण भएकि हुन् । सावित्री रानाको पारिवारिक पृष्ठभुमि हेर्दा बाबा बर्ष ४९को अपाङ्ग हुनुहुन्छ । आरक्षण को कोटामा गाउको स्वास्थ्य केन्द्रमा सहयोगीको रुपमा जागिर गर्नु हुन्छा। आमा दुई छोरी पार्बती र साबित्रीलाई छोडेर अर्कै संग पोईला गएकि छिन । सावित्रीको सैक्षिक क्षेमतलालाई भन्दा पनि पारिवारिक पृष्ठभूमिलाई मध्यनजर गर्दै छात्रवृत्ति प्रदान गरियको छ। हाल साबित्रिले सोहि बिधालय श्री बिजया भवानी मा.बी., मकैसिंग गोरखामा कक्षा १२ मा अध्यानरत छिन।
७. चन्द्र बहादुर सारु मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए ३.0% अर्थात् ७५% अंक लिएर श्री धुर्बज्योती मा।बि। स्याञ्जा बाट उतिर्ण भएका हुन् । हालमा उनि श्री भगवती नमुना मा.बि. मिर्मेमा मेजर अंग्रजी बिषय लिएर कक्षा १२ अध्ययन गरिरहेका छन ।
८. चाहाना थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २ ९ % अर्थात् ७२ ५% अंक लिएर श्री बिरेन्द्र मा.बि. बलाम, जैपते, स्याञ्जा बाट उतिर्ण भएकि हुन् । हालमा उनि सोहि बिधालय श्री बिरेन्द्र मा.बि. बलाम, जैपते स्यांजामा कक्षा १२ मा अध्ययन गरिरहेका छन ।
९. ज्ञान बहादुर थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.९ % अर्थात् ७२.५% अंक लिएर श्री बिरेन्द्र मा.बि.जैपते ,स्याङ्गजाबाट उतिर्ण भएका हुन्।
हालमा उनि बिहानमा क्याम्पस पढ्ने र दिनमा काम गर्दै श्री पुर्नमेड मा. बि. वालिङ्ग ,स्यांजामा कक्षा १२ मा अध्ययन गरिरहेका छन ।
१०. प्रितिका थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.६५% अर्थात् ६६.२५% अंक लिएर श्री शिबालय मा.बि. गुठी स्याङ्गजाबाट उतिर्ण भएकि हुन्।
हालमा उनि सोहि बिधालय श्री शिबालय मा.बि. गुठी, स्यांजामा कक्षा १२ मा अध्ययन गरिरहेकि छिन ।
११. निलम थापा मगरले २०७६ सालको SEE (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी पी ए २.१५% अर्थात् ५३.१५% अंक लिएर श्री शिबालय मा।बि। गुठी स्याङ्गजाबाट उतिर्ण भएकि हुन्।
निलमले झन्डै १ वर्षा पनि नपुग्दै बाबालाई गुमाएकी थिईन । आमाले खेति किसानी गरेर छोरी निलमलाई पढाउदै आएकि छिन।
हालमा उनि सोहि बिधालय श्री शिबालय मा. बि. गुठी, स्यांजामा कक्षा १२ मा अध्ययन गरिरहेकि छिन ।
रिचा उचै मगरले २०७४ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. ३.२% अर्थात् ८० % अंक लिएर श्री सरास्वती माध्यमिक बिधालय, खसौली, ३, रिब्दिकोट गा. पा. पाल्पाबाट उतिर्ण भएकी हुन् |
रिचा एउटी जेहेन्दार बिधार्थी हुन् भनेर उनको SEE को नतिजाले नै भनि सकेको छ |बिज्ञान र अरु प्राबिधिक बिषय लिएर पढ्ने चाहना हुदाहुदै पनि आर्थिक अवस्था कम्जोर भएकै करणले अरु साधारण बिषय लियर पढेको उनि बताउछिन | बाबा आमा साधारण ज्याला मजदुरी गरेर जीवन यापन गर्दै आएको र गरिबीको कारणले नै उनीलाई सानै उमेर देखि नै आफ्नी सानी मा (मुसी) ले पालन पोशण र स्कूलमा पढाउदै आयको उनकी अभिभावक सानी माले (मुसी) बताउछिन | उनको पारिवारिक समस्यालाई मध्यनजर गर्दै र यदि उनले भविष्यमा राम्रो नतिजा ल्याउन सकिन भने स्नातक तह सम्म छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्दता जाहेर गर्दै “मगर बिधार्थी उत्थान समाजले” उनीलाई छात्रवृत्ति प्रदान गरेको छ |
अहिले रिचाले स्नातक तह दोश्रो बर्षामा BBS बिषय लिएर तान्सेन , पाल्पा मा अध्यानरत छिन |
बिष्णु माया पुन मगरले २०७४ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. ३.२०% अर्थात् ८० % अंक लिएर उतिर्ण भएकी हुन् |
बिष्णु एउटी अब्बल बिधार्थी हुन् भनेर उनको SEE को नतिजाले नै भनि सकेको छ |प्राबिधिक बिषय लिएर पढ्ने चाहना हुदाहुदै पनि आर्थिक अवस्था कम्जोरको करणले अरु साधारण बिषय लियर पढेको उनि बताउछिन | बाबा आमा साधारण किसान हुन् र अहिले बाबा भने खाडी क्षेत्रमा नोकरी गर्दै छन् |
बिष्णुको S.E.E. नतिजा हेर्दा साहेद भविष्यमा केहि गर्न सक्छिन होला भन्ने अपेक्क्षा राख्दै “मगर बिधार्थी उत्थान समाजले उनलाई कक्षा १२ सम्म अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरेको छ |
अहिले बिष्णु माया पुन मगरले स्नातक तह दोश्रो बर्षामा Major Major English लियर तानसेन, पाल्पामा अध्यनरत छिन |
बसन्ती थापा मगरले २०७४ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. २. ४३% अर्थात् ६०.७५% अंक लिएर “श्री सर्वोदय माध्यमिक बिधालय, बौघा,गुम्हा १३, ता. न. पा. पाल्पा जिल्लाबाट उतिर्ण भएकी हुन् |
बसन्ती एउटी बिपन्न परिवारको जेहेन्दार बिधार्थी हुन् | उनका बाबा आमाले ज्याला मजदुरी गरेर परिवारको दैनिकी चलायको बताउछन् | उनका बाबा पेशाले घर बनाउने कामको सहयोगी भन्छन |
उनको पारिवारिक समस्यालाई मध्यनजर गरेर “मगर बिधार्थी उत्थान समाजले” बसन्ती थापालाई कक्षा १२ मा अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरेको छ |
अहिले बसन्ती थापा मगरले स्नातक तह दोश्रो बर्षामा BBS बिषय लिएर तान्सेन , पाल्पा मा अध्यानरत छिन |
टिकासरा गाहा मगरले २०७४ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. २.३५% अर्थात् ५८.७५% अंक लिएर “श्री भवानी माध्यमिक बिधालय, कुशुम खोला ५, रिब्दिकोट गा. पा. पाल्पा जिल्लाबाट उतिर्ण भएकी हुन् |
टिकासरा एउटी बिपन्न परिवारको जेहेन्दार बिधार्थी हुन् | उनकी आमा २ बर्षकै उमेरमै बितेको र उनका बाबा ज्याला मजदुरी गरेर दैनिकी चलायको बताउछिन | आफ्नो घरको आर्थिक अवस्था कम्जोर र सानी छदा घरमा आफुलाई हेरचाह गर्ने कोहि नभयको हुदा २ बर्षकै उमेर देखि नै मावली हजुर आमाले मावली घरमै लियर पलान पोशण गर्दै आय को र अहिले सम्म पढाई खर्च पनि हजुर आमाले नै हेर्दै आउनु भय को उनि बताउछिन | यी सबै कुरालाई मनन गर्दै “मगर बिधार्थी उत्थान समाजले टिकासरालाई कक्षा १२ सम्म अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरेको छ | अहिले उनि श्री भवानी मा. बि. कुशुम खोला ,पाल्पामा ,कक्षा १२ मा अध्यानरत छिन|
(तिकिसरा गाहा मगरले कक्षा ११ र १२ म राम्रो नतिजा नलिएकाले MBUS ले उनिलाई निरन्तरता दिनसकेन)
देविकला बुचा मगरले २०७४ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. १.९०% अर्थात् ४७.५% अंक लिएर “श्री भवानी माध्यमिक बिधालय, कुशुम खोला ५, रिब्दिकोट गा. पा. पाल्पा जिल्लाबाट उतिर्ण भएकी हुन् | देविकला पनि एउटी बिपन्न परिवारको बिधार्थी हुन् | उनि भन्छिन “बिदम्वानाको कुरा बाबा २ बर्ष अघि बिदेशमा नोकरी गर्न जाने बेलामा आफ्नो माइतीलाई भेटेर फर्किने करममा भिरबाट लडेर बितेको र आमाले ज्याला मजदुरी गरेर दैनिकी चलाउदै आएको बताउछिन | बाबा नहुनुको करण आफ्नो घरको आर्थिक अवस्था सार्है नै कम्जोर भएको हुनाले दैनिकी चलाउन साथै देविकला र उनकी दिदीको पढाई खर्च जुताउन हम्मे हम्मे परेको उनकी आमाले बताउछिन | यी सबै कुरालाई मनन गर्दै “मगर बिधार्थी उत्थान समाजले देविकलालाई कक्षा १२ सम्म अध्यान गर्नको लागि छात्रवृत्ति प्रदान गरेको छ | अहिले उनि श्री भवानी मा. बि. कुशुम खोला, पाल्पामा कक्षा १२ मा अध्यानरत छिन |
(देविकला बुचा मगरले कक्षा ११ र १२ म राम्रो नतिजा नलिएकाले MBUS ले उनिलाई निरन्तरता दिनसकेन)
लीसरा सारु मगरले २०७५ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. ३.५ % अर्थात् ८७.५ % अंक लिएर “नेपाल दान बसको माध्यमिक बिधालय” सिद्दिपुर, ललितपुर जिल्लाबाट उतिर्ण भएकि छिन |
उनको पारिवारिक पृष्ठभूमि दर्दानाक नै छ | उनका बाबा नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्य तथा मगर भाषाका प्रशिक्षक हुनुहुन्छा | २०६१ सालमा बस दुर्घटनामा परेर अहिले कम्मर देखि तल नचल्ने अपांग अवस्थामा हुनुहुन्छ | आमा एउटा अस्पतालमा सामान्य सरसफाई गर्ने कामको सहयोगीको रुपमा काम गरेर घरको दैनिकी चलाउदै आयको उनका बाबाले बताउनु हुन्छ |
लीसराको शैक्षिक क्षेमताको कदर र पारिवारिक पृष्ठभूमिलाई मनन गर्दै “मगर बिधार्थी उत्थान समाजले” उनलाई छात्रवृत्ति प्रदान गरेको छ | लीसराले S.E.E. सम्म अध्यान गर्नको लागि पनि स्कुलबाट छात्रवृत्ति पाएकी थिइन् |
अहिले लिसराले पाटन संयुक्त क्यम्पसमा, ललितपुरमा “Bachelor of Business Administration” (BBA) बिषय लियर स्नातक तह पहिलो बर्षमा अध्यानरत छिन |
बिष्णु सारु मगरले २०७५ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. ३.१०% अर्थात् ७७.५% अंक लिएर “श्री जनदीप माध्यमिक बिधालय मस्याम, ७, तिनाउँ, गा. पा. पाल्पा , जिल्लाबाट उतिर्ण भएका हुन् | बिष्णु एउटा बिपन्न परिवारको जेहेन्दार बिधार्थी हुन् | उनका बाबा आमाले अस्थाई स्थान मा खाजा नास्ताको पसल चलायर ७ जना छोरा छोरीहरुको स्कूल खर्च र परिवारको दैनिकी चलायक छन् | गतसाल बिष्णुका जेठ दाजुले S.E.E. मा C+ लियर उत्रिर्ण भयका थिय तर आर्थिक अवस्था कम्जोर भयको कारणले उच्च शिक्षा हासिल गर्नबाट बन्चित भयर बस्नु परेको उनि भनछन | त्यसैले बिष्णु पनि उच्च शिक्षा हासिल गर्नको लागि त्यसरी नै आर्थिक अभावले बन्चित भयर बस्नु नपरोस र यदि अवसर पाएभने पक्कै पनि भविष्यमा केहि गर्न सक्छन भन्ने अपेक्क्षा लियर “मगर बिधार्थी उत्थान समाजले” बिष्णुलाई उच्च सिक्षा हासिल गर्नको लागि छात्रवृत्ति प्रदान गरेको छ | अहिले उनि Major Science लियर कक्षा १२ मा श्री जनता मा. बि. तानसेन, पाल्पामा अध्यानरत छन् |
गंगा राना मगरले २०७५ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. २.९% अर्थात् ७२.५% अंक लिएर “श्री जनदीप माध्यमिक बिधालय मस्याम ,७ बगैंचावारि, तिनाउँ गा. पा. पाल्पा जिल्लाबाट उतिर्ण भएकि छिन | उनको पारिवारिक पृष्ठभूमि हेर्दा दर्दानाक नै छ| सानै उमेरमा गंगा रानाले बुवा गुमाएकी हुन् । आमा साधारण कृषक मात्र हुन्| गंगाले घाँस दाउरा गर्दे बुढी आमा र घरको चुलो समालेरै बिधालय गएकी उनी अहिले राम्रो नतिजा लियर S.E.E. पास भएकी छिन् । गंगाका छिमेकी र बिधालय परिवार हर्षित रहेपनि गंगाकी आमा भने दुखित थिईन | कारण छोरीलाई कसरि पढाउने भन्ने चिन्ताले । कमाउने बाबाले बेलैमा छोडेर गए, अव छोरीलाई कसरी पढाउने भन्ने मात्रै सोच्छु, छोरी गंगाले पाएको छात्रबृति बुझ्न सदरमुकाम तानसेन आउनुभएकी गंगाकी आमाले उज्यालो अनुहारमा आफ्नै शब्दमा यस्तो भन्नुभयो ,”फेल नभएर पढे १५ किलास सम्म पढाइदिने भन्नुभएको छ” अहिले त खुशि भएकी छु छोरीले छात्रबृदी पाएको खबर सुनेपछी । आसा छ गंगाले बितेका दिनहरुलाई स्मरण गर्दै मेहेनत गरिन भने भविष्यमा पक्कै पनि राम्रै नतिजा ल्याउन सफल हुनेछिन भन्ने अपेक्क्षा गर्दै “मगर बिधार्थी उत्थान समाजले ” उनलाई छात्रवृत्ति प्रदान गरेको छ | अहिले गंगा रानाले कक्षा १२ मा पाल्पा बहुँमुखी क्याम्पस, काजिपौवा, पाल्पा मा अध्यानरत छिन |
सुनिता सारु मगरले २०७५ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. २.६५ % अर्थात् ६६.२५% अंक लिएर “श्री नारायण माध्यमिक बिधालय”ठीमुरे ६ ,धुस्तुंग रिब्दीकोट गा.पा. पाल्पा जिल्लाबाट उतिर्ण भएकी छिन | उनको व्यक्तिगत पृष्ठभूमि हेर्दा उनका बाबा पनि सानै उमेरमा स्वर्गारोहण भैसकेको आमाले खेति किसानी ज्याला मजदुरी गरेर १ छोरा २ छोरीहरुलाई पालन पोषण र सिक्षा दिक्षा दिदै आएको बताउछिन | मधुसरा र सुनिता सारु दुई बहिनि हुन् | यिनीहरुको बास्तबिक जीवन स्तरलाई मध्यनजर गर्दै “मगर बिधार्थी उत्थान समाजले” दुबै दिदि र बहिनिहरुलाई छात्राबृदि प्रदान गरेको छ | हालमा सुनिता सारुले कक्षा १२ मा श्री नारयनण मा. बि. रिब्दीकोट गा. पा. ६ , ठिमुरे, धुस्तुङ्ग, पाल्पामा अध्यानरत छिन |
टेक बहादुर गाहा मगरले २०७५ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए.२.३५०% अर्थात् ५८.७५ % अंक लिएर “श्री शारदा माध्यमिक बिधालय” मदनपोखरा ४ तिनाउँ गा. पा. पाल्पा जिल्लाबाट उतिर्ण भएकि छन् | टेक बहादुर गाहा एउटा बिपन्न परिवारको बिधार्थी हुन् | साथै भूकम्प पिडित पनि हुन् | उनका बाबा आमा सामान्य किसान हुन् खेति किसानी बाट नै ७ जना छोरा को आर्थिक अबस्थाले गर्दा पढाई रोकेर भारत तिर नोकरी गर्न गएको अनुभव पनि बताउछन | तर शिक्षाको कमिको करणले गर्दा विभिन्न बाधा अर्चना हरु आइपरेकोले फेरी फर्केर पढाई मै निरन्त्रता दिएको बताउछन | उनको त्यो शिक्षाको कमिको तितो अनुभवलाई मध्यनजर गर्दै “मगर बिधार्थी उत्थान समाजले” उनलाई छात्रवृति प्रदान गरेको छ | हालमा टेक बहादुरले कक्षा १२ मा श्री शारदा माध्यमिक बिधालय, ता. न. पा. ८, मदन पोखरा, पाल्पामा अध्यान गर्दै छन् |
गीता बगाले मगरले २०७५ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. २.३५ % अर्थात् ५८.७५% अंक लिएर “श्री नारायण माध्यमिक बिधालय”ठीमुरे ६ ,धुस्तुंग रिप्दिकोट गा.पा. पाल्पा जिल्लाबाट उतिर्ण भएकि छिन् | उनको व्यक्तिगत पृष्ठभूमि हेर्दा गीताले पनि सानै उमेरमा बाबा गुमायकि छिन | बिदुवा आमाले खेति किसानी ज्याला मजदुरी गरेर जनतन पालन पोषण र कक्षा १० सम्म पढाए अब त मेरो कुनै हैसियत नभयको बताउछिन | गीता बगालेको शैक्षिक नतिजा त्यत्ति उच्च स्तरको नदेखियतापनि पारिवारिक पृष्ठभूमिलाई मध्येनजर राख्दै गीता बगाले मगरलाई कक्षा ११ र १२ सम्म पढनको लागि “मगर बिधार्थी उत्थान समाजले” छात्रवृत्ति प्रदान गरेको छ | हालमा उनि कक्षा १२ मा श्री नारयनण मा. बि. रिब्दीकोट गा. पा. ६ , ठिमुरे धुस्तुङ्ग पाल्पामा अध्यान गर्दैछिन |
(गीता बगाले मगरले कक्षा ११ र १२ म राम्रो नतिजा नलिएकाले MBUS ले उनिलाई निरन्तरता दिनसकेन)
हरिकला चिडी गाहा मगरले २०७५ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. २.२५% अर्थात् ५६.२५% अंक लिएर “श्री जनदीप माध्यमिक बिधालय”मस्याम ७, बगैंचावारि, तिनाउँ गा. पा. पाल्पा जिल्लाबाट उतिर्ण भएकि छिन | उनि अतिनै बिपन्न परिवारकी छात्रा हुन् | हरिकला अतिनै भाबुक हुदै भन्छिन “बैदेशिक रोजगारको शिलसिलामा बाबा कतार (Qatar ) जानु भयको थियो तर बिदम्वानाको करा पुगेको केहि समयमै मानसिक सन्तुलन गुमाएर घर पर्किनु भयो हाम्रो गरिबीको पिडा माथि झन् अर्को ठुलो पिडा थपियो | ममीले हाम्रो घरको दैनिकी साथै दाजु र मेरो स्कुलको खर्च चलाउनको लागि अरुको घरमा घाँस काट्ने मजदुरी गर्नुहुन्छ” | हरिकलाको S.E.E. को नतिजा पनि त्यत्ति उच्च स्तरको नभयतापनि उनको पारिवारिक दर्दानाक अवस्था हेरेर उनलाई कक्षा ११ र १२ सम्म अध्यान गर्नको लागि “मगर बिधार्थी उत्थान समाजले” छात्रवृत्ति प्रदान गरेको छ | अहिले हरिकला चिदिले कक्षा १२ मा पाल्पा बंहुमुखी क्याम्पस, कजिपौवा , पाल्पा मा अध्यान गर्दैछिन |
मधुसरा सारु मगरले २०७५ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. २.१० % अर्थात् ५२.५% अंक लिएर उतिर्ण भएकि छिन् | उनको व्यक्तिगत पृष्ठभूमि हेर्दा उनका बाबा पनि सानै उमेरमा स्वर्गारोहण भैसकेको आमाले खेति किसानी ज्याला मजदुरी गरेर १ छोरा २ छोरीहरुलाई पालन पोषण र सिक्षा दिक्षा दिदै आयको बताउछिन | मधुसरा र सुनिता सारु सकेट दुई बहिनि हुन् |मधुसराको S.E.E.को नतिजा त्यति उच्च स्तर को नभयतापनि यिनीहरुको बास्तबिक जीवन स्तरलाई मध्यनजर गर्दै दुबै दिदि बहिनिहरुलाई कक्षा ११ र १२ सम्म अध्यन गर्नकोलागि “मगर बिधार्थी उत्थान समाजले” छात्रावृत्ति प्रदान गरेको छ | हालमा उनि कक्षा १२ मा श्री नारयनण मा. बि. रिब्दीकोट गा. पा. ६ , ठिमुरे धुस्तुङ्ग पाल्पामा अध्यान गर्दैछिन
(मधुसरा सरु मगरले कक्षा ११ र १२ म राम्रो नतिजा नलिएकाले MBUS ले उनिलाई निरन्तरता दिनसकेन)
Nabin Ale Magar at his Residence, Ghiring Gau Palika, W/N 5, Bharlangdi, Tanahun District
नबिन आले मगर २०७३ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा जी. पी. ए. २.९% अर्थात् ७२.५% अंक लिएर “सरस्वति सामुदायिक माध्यमिक बिधालय” साभूंग, ध्यनूङ्, तनहुँ जिल्लाबाट उतिर्ण भएका थिए |
उनि आर्थिक रुपले बिपन्न परिवारका एउटा जेहेन्दार बिधार्थी हुन् | उनका अभिभावक पेशाले एउटा सामान्य कृषक हुन् | घरको आर्थिक अवस्था कमजोरीको बावजुद पनि उनले साहस र हिम्मत लिएर बिहानमा क्याम्पसमा अधयन गर्ने र दिनमा काम गर्दै अहिले “मकवानपुर बहुमुखी क्यामपस” हेटौडा स्नातक तहको पहिलो बर्षको परिक्षा उतिर्ण भएका छन् |
नबिन आले मगरको व्यक्तिगत र पारिवारिक पृष्ठभूमिलाई मध्यनजर गरेर साथै उनको लगनशीलता, साहस र हिम्मतको कदर गर्दै “मगर बिधार्थी उत्थान समाजले” कक्षा १२ देखि अहिले सम्म छात्रवृत्ति प्रदान गर्दै आईरहेकोछ | बिद्यार्थी छनोटको क्रममा संस्थाका अध्यक्ष र कोषाध्यक्ष्य स्वयम् नबिन आलेको घरदैलो सम्म पुगेका थिए |
स्यानी माया आले मगर नबिन आले मगरकि कान्छी बहिनि हुन् | उनीले पनि यस वर्ष २०७४ सालको S.E.E. (Secondary Education Exam) माध्यमिक शिक्षा परिक्षामा “श्री कामधेनु सामुदायिक माध्यमिक बिधालयबाट” जी.पी.ए.२.६५ % अर्थात् ६६.२५ % अंक लिएर उतिर्ण भएकी छिन |
उनको परिवार आर्थिक रुपले बिपन्न र उनि जेहेन्दार बिधार्थी भएकोले उनलाई पनि “मगर बिधार्थी उत्थान समाजले” छात्रवृत्ति प्रदान गर्ने सोच गरेको थियो तर एकै परिवारबाट दुवै दाजु बहिनिलाई छात्रवृत्ति प्रदान गर्न अनकुल नभएकोले आर्थिक समस्याका कारणले गर्दा उनीलाई दिर्घकालिन अधयन गर्नबाट बन्चित हुन नदिनको लागि निम्न ब्यक्तिहरुले स्यामी माया आले मगरलाई कक्षा ११ र १२ को अधयनका लागि छात्रवृत्ति प्रदान गर्नु भएको थियो |
१. क्याप्टेन कुल प्रसाद पुन बागलुङ, हाल ललितपुर मा. न. पा. वा. न. ५
२. मनिराज पुन बागलुङ, ” ललितपुर मा. न. पा. वा. न.१४
३ गंगा बहादुर थापा स्यांजा ” फ़ेल्टहाम यू. के.
४ फूल बहादुर आले तनहुँ ” पलमस्टेट यू.के.
स्यानी माया आले मगरले “जनज्योति उच्च मा. बि.”, भिमाद, तनहुँ बाट अंग्रेजी बिषय (Major English) लिएर कक्षा १२ उतिर्ण गरेकी छिन |
सुना थापा मगर २०७४ सालको माध्यामिक शिक्षा परिक्षामा S.E.E. (Secondary Education Exam) मा सामुदायिक बिधालय श्री शुक्ला मा. बि. बेल्टार, तनहुँबाट GPA (Grand Point Average) 3.15 % अर्थात् ७८..७५ % अंक लिएर उतिर्ण भएकी छिन | उनि एउटी आर्थिक अबस्थाले अति नै बिपन्न परिवारकी जेहेन्दार बिधार्थी हुन् | यदी सुना थापा एउटा सम्पन्न परिवारकी छोरी हुन्थिन भने उनको बौद्धिक क्षमता अर्थात् S.E.E. को नतिजा अनुसार भविष्यमा मगर समुदायको एउटी तारा बन्न सफल हुने थिइन् |
तथापी अझै पनि अवसर र हौसला पाएर भविष्यमा चुनौतीहरु संग मुकाबिला गर्दै अघि बढने हिम्मत, साहस लिन सकिन भने अवस्य पनि यस समुदाय र समाजका भावी शन्ततिहरुका लागि भविष्यमा एउटी प्रेरणाको श्रोत र प्रतिक बन्नेछिन भन्ने अपेक्क्षा गर्दै “मगर बिधार्थी उत्थान समाजले” सुना थापा मगरलाई कक्षा ११ र १२ को अध्यान को लागि छत्रवृत्ति प्रदान गरेको छ|
सुमा थापाले PRASHAR COLLEGE, दमौली तनहुँमा, Management (Business Studies) विषय लियर पढ्ने चाहना गरेकी छिन |
बीवेक थापा मगर बन्दीपुर गाँउ पालिका वा. न. ४, विमलनगर, तनहुँ
बिवेक थापा मगर २०७४ सालको माध्यामिक शिक्षा परिक्षामा S.E.E. (Secondary Education Exam) मा सामुदायिक बिधालय श्री पबीत्रा मा. बि. बन्दीपुर १, पिप्ले, तनहुँबाट GPA (Grand Point Average) २.६५ % अर्थात् ६६.२५ % अंक लिएर उतिर्ण भएका छन् | उनि पनि एउटा आर्थिक अबस्थाले बिपन्न परिवारका जेहेन्दार बिधार्थी हुन् |
उनका बाबासंग प्रत्क्षय कुराकानी गर्दा उनि पेशाले सामान्य किसान हुन् | उनका चार जना छोरा छोरीहरु अनि श्रीमती छन् | चार छोरा छोरी मध्ये विवेक सबै भन्दा जेठो छोरा हुन् | उनको भनाई अनुसार खेति किसानी गर्नका लागि पनि प्रशस्त मात्रामा जमिन जग्गा र साथै काम गर्ने जनशक्तिको अभावले गर्दा पनि बेला बेलामा आफ्नो दैनिकी चलाउन पनि गाह्रो भएको महसुस गर्छन | बिवेक थापाको पारिवारिक Background लाई मुल्याकंन गरेर ” मगर बिधार्थी उत्थान समाजले” उनलाई छात्रवृत्ति प्रदान गरेको हो |
बिवेक थापाले PRASHAR COLLEGE दमौलीमा Hotel Management विषय लिएर पढ्ने चाहना गरेका छन् |
अञ्जना थापा मगर बन्दीपुर गाउँ पालिका वा. न. ६, साम्दी, तनहुँ
अञ्जना थापा मगर २०७४ सालको माध्यामिक शिक्षा परिक्षामा S.E.E. (Secondary Education Exam) मा सामुदायिक बिधालय श्री अरुण मा. बि. बन्दीपुर तनहुँबाट GPA (Grand Point Average) १.९५% अर्थात् ४८.७५ % अंक लिएर उतिर्ण भएकि छिन|
अञ्जनाको पारिवारिक पृष्ठभूमिलाई हेर्दा उनि पनि एउटा आर्थिक अबस्थाले बिपन्न परिवारका बिधार्थी हुन् | उनि घरकी कान्छी छोरी हुन् | उनका एकजना दिदी, एकजना दाजु र आमा मात्र हुनुहुन्छ र दिदि विवाहित हुन् | आज भन्दा झन्डै एक दशक अघि नै उनको ६-७ बर्षको उमेर छदा नै बाबाको स्वर्गरोहर्ण भैसकेको बताउछिन | अन्जनाले हामीलाई उनकि एकल आमाले खेति, किसानी, मजदुरी र अनेकौ दु:ख कस्ट भोग्दै ऊनलाई माध्यमिक स्तर सम्म उतिर्ण गराउन सफल भएको जानकारी गराएकी छिन् |
अञ्जना थापा मगरलाई कक्षा ११-१२ अध्यानका लागि ” मगर बिधार्थी उत्थान समाजले ” छात्रवृत्ति प्रदान गरेको छ | उनीले नेपाली र शिक्षालाई (Major Nepali and Education) मुख्य विषय लिएर PRASHAR COLLEGE दमौली मा अध्यन गर्ने सोच लिएकी छिन |
सुना थापा मगर, विवेक थापा मगर र अञ्जना थापा मगर तिनै जनाले Prashar College दमौलीमा अध्यनरत छन् | उनीहरुले यस college मा केहि सहुलियतका साथ पढ्न पाउनका लागि नेपाल मगर संघ तनहुँ जिल्लाका अध्यक्षय श्री सिद्धान्त गर्जा मगर ज्यूले मुख्य भूमिका खेल्नु भएको थियो |
उँहाको मद्दतको लागि “मगर बिधार्थी उत्थान समाज” र तिनै जना छात्र छात्राका तर्फ बाट हृदय देखि नै आभार ब्याक्त गर्दछौ |
ज्योति पुलामी मगर २०७3 सालको माध्यामिक शिक्षा परिक्षामा S.E.E. (Secondary Education Exam) मा सामुदायिक बिधालय श्री आदर्श सौला यूबक उच्च मा. बि. सैंबु, भैसेपाटी, ललितपुरबाट GPA (Grand Point Average) 3.15 % अर्थात् ८१.२५ % अंक लिएर उतिर्ण भएकी हुन् | उनि एउटी भुकम्प पिडित र आर्थिक अबस्थाले बिपन्न परिवारकी जेहेन्दार बिधार्थी हुन् | उनका परिवारमा बाबा, आमा र एक बहिनि छिन | बाबा पेशाले घर निर्मार्ण सम्बन्धि कामका मजदुर हुन् भने आमा घरेलु कामकाज सम्बन्धि अस्थाई मजदुर हुन् र बहिनि अहिले कक्षा ६ मा अध्यनरत छिन |
उनको पारिवारिक पृष्ठभुमि र बौद्धिक क्षमता S.E.E. को नतिजा लाई मनन गर्दा, यदि उनीले अवसर र हौसला पाईन भने र साथै चुनौतीहरुको सामना गर्दै अघि लम्किन सकिन भने भविष्यमा मगर समुदायको एउटी सफल नारी बन्न सक्नेछिन भन्ने अपेक्क्षा लिदै “मगर बिधार्थी उत्थान समाजले” ज्योति पुलामी मगरलाई कक्षा ११ र १२ को अध्यान को लागि छत्रवृत्ति प्रदान गरेको थियो |
ज्योति पुलामी मगरले +२ (Plus Two) मा Asian College of Management एकान्तकुना, जावलाखेल, ललितपुर बाट B+ Result लियर उतिर्ण भएकी थिईन |
ज्योति पुलामी मगर “मथुरा राना मगर छात्रवृत्ति पुरस्कारको” प्रमाण पत्रको साथमा
ज्योति पुलामी मगरले २०७३ सालको माध्यमिक शिक्षा परिक्षामा ललितपुर जिल्लाको सामुदायिक बिधालयबाट उत्तिर्ण हुने मगर बिधार्थीहरु मध्ये ८१.२५% अंक लिएर उत्कृष्ट स्थान हासिल गरेकोमा “नेपाल मगर संघ ललितपुर जिल्ला कार्य समितीले” ज्योति पुलामी मगरलाई “मथुरा राना मगर छात्रवृत्ति पुरस्कार “ प्रदान गरेको थियो |